October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेकपाको सचिवालय बैठक आज बस्दै

  • सेती कर्णाली खबर
  • शनिबार, मंसिर २०, २०७७ ११:३६
नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमै बस्नेछ। तर दुई अध्यक्ष आ–आफ्नै अडानमा रहेका कारण बैठक कसरी अघि बढ्छ भन्ने अन्यौल कायमै देखिएको छ।

यसअघि, मंसिर १७ गतेका लागि बोलाइएको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले बैठक आज बस्ने गरी स्थगित गरेका थिए। तर हिजो शुक्रबार र अस्ति बिहीबार भएका विभिन्न अनौपचारिक भेटघाटमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू निकटका नेताहरुसँग आजको बैठकमा पनि उपस्थित नहुने संकेत गरेका छन्।

१७ गतेको सचिवालय बैठकमा अध्यक्ष ओलीलाई बैठकमा उपस्थित हुन आग्रह गर्ने भनिएको थियो। शुक्रबार सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखेरलले अध्यक्ष प्रचण्डलाई भेटेर आजको बैठक स्थगित गर्न र त्यसअघि दुई अध्यक्षबचि सहमति गर्न आग्रह गरेका थिए। तर, अध्यक्ष प्रचण्डले बालुवाटारको सन्देश बोकेर आएका पोखरेलसहित महासचिव विष्णु पौडेल र कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेलाई बैठकबाटै सबै कुराको छिनोफानो गर्ने जवाफ दिएको उनको सचिवालयले जनाएको छ।

 

  • सेती कर्णाली खबर
  • -