सेतीकर्णाली खबर
उमेश जङ्ग शाही साउन १६ बाजुरा–
“कोदोयुक्त परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नारासहित प्रथम राष्ट्रिय कोदो दिवस स्वामिकार्तिक खापर गाउँपालिका सुइजिउला वाई, बाजुरामा भव्य रुपमा सम्पन्न भएको छ।
कार्यक्रममा स्वामिकार्तिक खापर गाउँपालिकाको आयोजनामा Renewable Energy for Rural Areas (RERAS) परियोजना तथा Norway र UNDP को सहयोग रहेको थियो।
कार्यक्रममा स्थानिय किसानहरू, जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, विकास साझेदार संस्था, महिला समूह, वृद्धवृद्धा र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
दिवसको अवसरमा स्थानिय किसानहरूले प्लेकार्डसहितको र्याली निकाल्दै किसानहरु तथा कृषि साखा कार्यालयका कर्मचारीहरु पिलुचौर बजारसम्म प्रदर्शन गरेका थिए। र्यालीमा “कोदो संरक्षण गरौं”, “स्वदेशी अन्न बचाऔं”, “हाम्रो पहिचान हाम्रो उत्पादन – कोदो”, जस्ता नाराहरू उल्लेखित प्लेकार्डहरू देखिन्थे।
कोदो दिवसलाई नेपालले मात्र महत्त्व नदिएर अन्तरास्ट्रिय स्तरमै पनि महत्त्व बढेको र अरुदेशले पनि कोदो दिवस मनाउन थालेको UNDP कलस्टर कोर्डीनेटर बिसाल पौडेलले बताउनु भएको थियो ।
कार्यक्रमको अध्यक्षता गाउपालिका उपाध्यक्ष शुलोचना बुढाले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन कृषि साखा प्रमुख बिनोद शाहीले गर्नु भएको थियो ।
कार्यक्रममा कोदोबाट बन्ने परिकारहरूको चर्चा गरिएको थियो। साथै, स्थानीय महिला र कृषकहरूले कोदो उत्पादनका अनुभवहरू समेत साझा गरेका थिए। कोदोको महत्व र यसले स्वास्थ्य तथा खाद्य सुरक्षामा पुर्याउने योगदानबारे गाउँपालिका निमित्त प्रमुख प्रसासकिय अधिकृत पारस बहादुर शाहीले प्रकाश पार्नु भएको थियो ।
गाउँपालिकाका उपाध्यक्ष, वडा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी तथा कार्यक्रम साझेदार RERAS परियोजना (UNDP र नर्वे सरकारको सहयोग) का प्रतिनिधिहरूको उपस्थितिमा कोदोको महत्त्व, संरक्षण र प्रवर्द्धनबारे अन्तरक्रिया कार्यक्रम गरेको रिरास परियोजनाका प्राबिधिक सहायक रामचन्द्र उपाध्ययले सेतीकर्णाली खबरलाई जानकारी दिएका छन।
कार्यक्रममा कोदोबाट निर्मित विभिन्न परिकारहरू कार्यक्रममा सहभागीहरुलाई नास्ता खुवाइएको थियो । स्थानिय किसानहरूको अनुभव आदान–प्रदान, तथा कोदो उत्पादनसम्बन्धी जानकारीमूलक सत्रहरू संचालन गरिएको थियो।
स्थानीय तहले यस्ता कार्यक्रमले परम्परागत खाद्यान्नको संरक्षण र प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
स्वामिकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष सुलोचना बुढाले कोदो जस्ता स्थानीय अन्नबालीहरूको संरक्षणमा गाउँपालिकाले आगामी दिनमा थप कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनु भएको छ।