बाजुरा– गौमुल गाउँपालिकाका जनप्रतिनिधी र विषयगत क्षेत्रका कर्मचारीहरुलाई आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी दुई दिने अभिमुखीकरण घटमुनामा सुरु भएको छ । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीको कार्यालय तथा सुदूरपश्चिम प्रदेश आुसन्धान तथा प्रशिक्षण प्रतिष्ठना पुन्ना डोटीको आयोजना र गौमुल गाउँपालिकाको समन्वयमा दुई दिन उक्त अभिमुखीकरण आज देखि सुरु भएको छ। गाउँपालिकामा आन्तरिक रुपमा संचालन हुने ऐन नियम,कानुन र कार्यविधी अनुसारको काम, समन्वय,व्यवस्थापन र आर्थिक लेखा प्रणाली लगायतका विषयमा अभिमुखीकरण संचालन गरिएको आयोजकले जनाएको छ । पालिकाका विषयगत रुपमा प्रमुखको भूमिकामा रहेका कर्मचारी र जनप्रतिनिधीहरुले कानुन संगतको काम,कर्तव्य र जिम्मेवारी पूर्वक आन्तरिक कामको व्यवस्थापनमा देखिएका समस्या,चुनौती र समाधानका विषयमा जानकारी गराइने सहजकर्ता गणेश पाध्यायले बताएका छन् ।उनका अनुसार स्थानीय सरकार संचालन अनुसार पालिकाका अध्यक्ष र उपाध्यक्ष,वडाका वडा अध्यक्षहरुले गर्ने दिग्दर्शन २०७४ मा समावेश गरिएका विभिन्न कानुन र ऐन बमोजिमको बारेमा पनि जानकारी गराइएको बताए । प्रदेश सरकार मुुख्यमन्त्री कार्यालयको क्षमता विकास कार्यक्रम अन्तरगत गाउँपालिकाका जनप्रतिनिधी,कर्मचारीहरुलाई आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी समस्या र त्यसको निराकरणका विषयमा सहजीकरण गरिने भएको छ ।
आन्तरिक नियन्त्रण प्रणालीलाई संगठन विकासको साधनको रुपमा अबलम्बनको अभ्यासको कमी,नियन्त्रणको वातावरण मुखी नभएको,प्रचलित कानुनको परिपालना नगरेको,जोखिमको विश्लेषण नगरेको लगायतका समस्या रहेको अभिमुखीकरणमा पाध्यायले सहजीकरण गरेका छन् ।उनले गरेको सहजीकरणमा आन्तरिक नियन्त्रण प्रणालीको महत्वबारे सचेतना वृद्धि गर्ने,नियन्त्रण सम्बन्धी ढाँचा तयार गरी आर्थिक कायृ विधी नियमावलीमा अनुसूचीको रुपमा संलग्न गर्ने,कानुनी परिभाषालाई व्यापक बनाउने, जोखिम विश्लेषण गर्ने परिपाटीको विकास गर्ने ,स्थानीय तहको आन्तरिक नियन्त्रण तर्जुमा दिग्दर्शन २०७८ को प्रभावकारी रुपमा कार्यान्वयन गर्न जनप्रतिनिधी र कर्मचारीलाई सहजीकरण गरिएको हो ।गौमुल गाउँपालिकाकी उपाध्यक्ष सिता थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रम मंगलबार समापन गरिने आयोजकले बताएको छ ।