May 9, 2025 | शुक्रबार, बैशाख २६, २०८२

मधुवन  नगरपालिका वडा नं. ८ लाई वालविवाह मुक्त घोषणा

  • सेती कर्णाली खबर
  • आइतवार, बैशाख २१, २०८२ १२:४0
मधुवन  नगरपालिका वडा नं. ८ लाई वालविवाह मुक्त  घोषणा

पवनराज उपाध्याय
बर्दिया

बर्दियाकाे मधुवन  नगरपालिका वडा नं. ८ लाई वालविवाह मुक्त घोषणा गरिएकाे छ।
एक समारोहका विच लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमितिसनाको प्रमुख आतिथ्यतामा यश ८ न वडालाई वालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

‎पालिकाको बालविवाह मुक्त अभियान रणनितिक योजना अनुसार  वडामा १५ प्रतिशतभन्दा कम बालविवाह हुने भएकाे हुदा उक्त वडालाई वालबिवाह मुक्त घोषणा हुने प्रावधान रहेको ले यस वडा लाई वालबिवाह मुक्त वडाकाे रुपमा घाेषणा गरियकाे मधुवन नगरपालिका काे कार्यालयले जनाएकाे छ ।

नगरपालिकाले गरिएको सर्वेक्षण अनुसार  १४ प्रतिशत बालबिवाहको अवस्था छ भने वालबिबाह काे यति राम्राे अवस्था रहनुका साथै बालबिवाह सम्बन्धी रणनीति जारी समेत गरिएकाे छ ।

यसका साथै यश पालिकामा बाल संरक्षण नीति लागू, बालबिवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका ,वडा , विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका सबै खाले मापदण्ड पूरा भएकाले यस वडालाई बाल विवाहमुक्त घोषणा गरिएको हो ।
‎मधुवन नगरपालिकालाई नै वालविवाह मुक्त बनाउन पालिकाको समन्वयमा प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समुह (वि ग्रुप ), बाँके युनेस्को क्लव, राधाकृष्ण थारु जनसेवा केन्द्र लगायतका गैर सरकारी संस्थाहरु विगत ३ वर्ष देखि कृयाशील रुपमा लागि रहेका थिय ।


यस अधि यश मधुवन नगरपालिकाको वडा नं. ४ लाई पनि वालविवाह मुक्त वडा घोषणा गरिसकिएको छ ।

  • सेती कर्णाली खबर
  • -