March 12, 2025 | बुधबार, फाल्गुन २८, २०८१

सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी

  • सेती कर्णाली खबर
  • आइतवार, फाल्गुन १८, २०८१ ११:0१
सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी

सोलुखुम्बु—सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ । आज दिउँसो करिब एक बजे लागेको आगोले कार्यालयको माथिल्लो तलामा आगो लागेको हो ।

माथिल्लो तलामा भान्छा थियो । आगलागीको कारण खुलेको छैन । तर विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।

गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले भनिन्, ‘हावाहुरीले पोल ढलेकाले दुई–तीन दिनदेखि बिजुली थिएन । आज बिजुली पनि आयो र आगो पनि लाग्यो । त्यसैले तार सर्ट भएको हो कि भन्ने हाम्रो अनुमान छ ।’

हावा अहिले पनि चलिरहेकाले नजिकैको बस्तीमा आगो फैलिन नदिन स्थानीय, जनप्रतिनिधि र स्थानीय प्रहरी परिचालित भएका छन् । तर गाउँपालिकामा दमकल नहुँदा आगो निभाउन समस्या भएको छ ।अनलाइनखबर बाट साभार

  • सेती कर्णाली खबर
  • -