सेतीकर्णाली खबर
उमेश जङग शाही फागुन १७ काठमाडौ
ठकुरी सहयोग सञ्जालको आज वनभोज तथा भेटघाट कार्यक्रम आज काठमाडौं गोकर्णश्वर नगरपालिकामा हुँदैछ।
अनेकतामा एकता,एकतामा हार्दिकता, राष्ट्रिय एकताको लागी हाम्रो प्रतिबद्धता भन्ने मुल नारालाई आत्मसाथ गरी २०७० सालमा स्थापना भएको यस ठकुरी सहयोग सञ्जालको बनभोज एंवम भेटघाट कार्यक्रम मिती २०८१/११/१७ गते चाँगुनारायण मन्दिर नजिकैको बनभोज स्थलमा आयोजना गर्ने भनी सूचना प्रकाशित गरिएको थियो । विविध कारणबस तोकिएको बनभोजस्थलको ठाउँ परिवर्तन गरी गोकर्णश्वर नगरपालिका वडा नम्बर ४ जगडोल पार्क स्थित कपुर बाटीकामा राखीएको वनभोज तथा भेटघाट कार्यक्रमको संयोजक दामोदर शाही रास्कोटीले सेतीकर्णाली खबरलाई जानकारी दिनु भयो ।
बिशिष्ट भाषा, संस्कृति, उच्च सभ्यता, गौरबशाली इतिहास नै ठकुरी बर्गको बेग्लै पहिचान हो, जुन हामीले कायम गर्दै भाबी पिढीलाई पुस्तान्तरण गराउदै जानु हाम्रो अहम कर्तब्य पनि हो । नेपालको बर्तमान परिस्थितिमा ठकुरीहरुको भाषा संस्कृति, परम्परा र ईतिहास जगेर्ना गर्न सम्पूर्ण ठकुरी समुदायलाइ यस साझा थलो सञ्जालमा गोलबद्ध हुन जरुरी रहेको ठकुरी सहयोग सञ्जाल कतारको संस्थापक अध्यक्ष उमेश जङ्ग शाहीले बताउनु भयो ।
राष्ट्र राष्ट्रियताको लागी,पुर्खाको आन,मान र शानको लागी आफ्नो पहिचान जोगाउने रणनीति तय गर्ने उद्धेश्यले वनभोज तथा भेटघाट कार्यक्रमको आयोजना गरिएको ठकुरी सहयोग सञ्जालको सल्लाहकार किशोर सिह शाहीले बताउनु भयो ।
ठकुरी सहयोग सञ्जाल एक सामाजिक गैरसरकारी संस्थाले २०७० सालदेखि हाल सम्म नेपाली समाजमा भइपरी आउने समस्या दैवीप्रकोपबाट हुने समस्या समाधान लगाएत कलम परियोजना मार्फत छात्रवृत्ति गरिब तथा विपन्नलाई प्रदान गर्दै १८ जना विद्यार्थीहरुलाइ अध्यापन गराउदै आइरहेको सञ्जालको अध्यक्ष अजय मल्ल ठकुरीले बताउनु भयो । ठकुरी सहयोग सञ्जालले हाल सम्म साखा विस्तार गरि ठकुरीहरुलाई एकताको सुत्रमा बाँधेर लैजादै गरिरहेको र हाल सम्म विस्तार भएका साखाहरु निम्न अनुसार छन ।
ठकुरी सहयोग संजाल, केन्द्रीय कार्यालय, काठमाडौँ
ठकुरी सहयोग संजाल, लुम्बिनी प्रदेश,परिबार
ठकुरी सहयोग संजाल, कर्णाली प्रदेश,परिबार
ठकुरी सहयोग संजाल, कतार,
ठकुरी सहयोग संजाल, यु ए इ,
ठकुरी सहयोग संजाल, काभ्रे,
ठकुरी सहयोग संजाल, सल्यान,
ठकुरी सहयोग संजाल, बाजुरा,
ठकुरी सहयोग संजाल, सिन्धुली,
ठकुरी सहयोग संजाल, रुकुम पुर्ब,
ठकुरी सहयोग संजाल , रामपुर, पाल्पा,
ठकुरी सहयोग संजाल , बर्दिबास, महोतरी,
ठकुरी सहयोग संजाल , बाँके,
ठकुरी सहयोग सन्जाल , अछाम,
ठकुरी सहयोग संजाल , बर्दिया,
ठकुरी सहयोग सन्जाल, बझाङ,
ठकुरी सहयोग संजाल, जाजरकोट,
ठकुरी सहयोग संजाल, मकवानपुर,
ठकुरी सहयोग संजाल, सिरहा,
ठकुरी सहयोग संजाल, सिन्धुपाल्चोक,
ठकुरी सहयोग सन्जाल, बारा,
ठकुरी सहयोग सन्जाल, रौतहट,
ठकुरी सहयोग संजाल , मुगु,
अनादि काल देखि कुनै पनि बिदेशी शक्तिको अधिनमा नपरेको स्वाधीन स्वतन्त्र राष्ट्र सदियौ देखि मिलेर बसेका हामीलाइ बिभिन्न बहानामा फुटाउने, विभाजित गराउनेको बिरुद्ध एक हुने अवसर मजबुत बनाउन हजुर हामी आ-आफ्नो राजनैतिक, धार्मिक आस्था, जात, संस्कृति, भन्दा माथि उठेर चन्द्र सूर्य अंकित राष्ट्रिय झन्डा बोकेर जननी जन्म भूमिको लागि पुर्खाहरुले एक भएर कीर्ति फिजाए झैँ सारा संसारलाई देखाउनु छ, हाम्रो एकता, हाम्रो बीरता । राष्ट्रियता लाई जोगाइ राख्नको लागि एकजुट हुन र सभ्य समाजको निर्माणको लागि ठकुरी सहयोग संजालले संसारमा छरिएर रहेका ठकुरीलाई यो ठ. स. स. मा जोडिन आह्वान गरिरहेको केन्द्रीय कार्यालय काठमाडौले जनाएको छ।