February 4, 2025 | मङ्लबार, माघ २२, २०८१

प्रेस चौतारी नेपाल बाजुराद्धारा पत्रकार पाध्याय र चदारा सम्मानित

  • सेती कर्णाली खबर
  • मङ्लबार, माघ २२, २०८१ १४:२६
प्रेस चौतारी नेपाल बाजुराद्धारा पत्रकार पाध्याय र चदारा सम्मानित

बाजुरा —बाजुराका दुई जना पत्रकार सम्मानित भएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा दुई जना क्रियासिल पत्रकारलाई सम्मान गरेको हो ।

मंगलबार प्रेस चौतारीले स्थापना दिवसको अवसरमा जिल्लामा एक दशक बढी समयदेखि पत्रकारीता गरिरहेका क्रियासिल पत्रकार तथा जिल्ला स्थित बडीमालिका खबरका कार्यकारी सम्पादक लक्ष्मीराज पाध्यायलाई सम्मानित गरेको छ । त्यस्तै सोही अवसरमा लामो समयदेखि पत्रकारीता क्षेत्रमा क्रियासिल रुपमा रेडियो बाजुरामा कार्यरत पत्रकार कमला चदारालाई सम्मानित गरिएको जनाएको छ ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराले हरेक बर्ष आफ्‌नो स्थापना दिवसको अवसरमा दुई जना पत्रकारहरुलाई सम्मानित गर्दै आएको छ ।

प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष मदन विकले जिल्ला शाखाका संस्थापक स्व.विनोद कुमार वि.क को स्मृतिमा स्थापना गरिएको विनोद वि.क स्मृति पत्रकारीता पुरस्कार २०८१ बाट पत्रकार पाध्याय र चदारालाई सम्मानित गरिएको बताएका छन् । पत्रकार पाध्याय र चदारालाई जनही नगद पाँच हजार ५ सय ५५ रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरेको अध्यक्ष विकले बताए ।

त्यस्तै प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराले आफ्‌नो स्थापना दिवससँगै छैटौं जिल्ला अधिवेशनको समेत उद्घाटन गरिएको जनाएको छ ।

  • सेती कर्णाली खबर
  • -