सेतीकर्णाली खबर
शारदा शाही पौष २९ बाजुरा- जगन्नाथगा.पा. पिलुचौर स्थित मेरो माइक्रोफाइनान्सद्वारा विमा दावी रकम बापत जनाको कर्जा मिनाह गरेको छ। जगन्नाथ गाउँपालिका वडा नं एक बस्ने विमित स्वर्गीय दन्ता विष्टको छोरा सन्तोष विष्टलाई कर्जा मिनाह गरेको हो ।
विगत ३ वर्ष देखि बचत तथा कर्जा कारोबार गर्दै आएकी विष्टको निधन पछि छोराले कर्जा मिहान पाउनु भएको मेरो माइक्रोफाइनान्स लघुवित्तले जनाएको हो । उहाँलाई विमा रकम वाफतको १ लाख कर्जा मिनाह र काजक्रिया वाफत ३१ हजार रकम सहयोग गरेको संस्थाका शाखा प्रबन्धक उदयराम देवकोटाले सेतीकर्णालीखबरलाई जानकारी दिए।
६३ जिल्लामा १ सय ४९ शाखाद्धारा सेवा दिँदै आएको संस्थाले स्वर्गीय विष्टको निधन पछि छोरालाई कर्जा मिनाह गरेको उहाँको भनाई छ । लघुवित्त प्रतिको भ्रामक खबर प्राप्त गरीरहेको सन्दर्भ निर्देशक देवकोटाले हल्लाको पछि नलाग्न आग्रह गरेका छन। लामो समय देखि बचत तथा कर्जा कारोबार गर्दै आउनुभकी विष्टको परिवारलाई चेक हस्तान्तरण गर्दै आएको बताए ।
कार्यक्रममा जगन्नाथ गाउँपालिका वडा नं एकका वडा अध्यक्ष गणेशराज गिरी, प्रबन्ध निर्देशक देवकोटा, फिल्ड सहायक जीवन बहादुर सिंह, समुन्द्र भण्डारी लगायतको सहभागितामा उक्त रकम चेक मार्फत सहयोग गरेको संस्थाले जनाएको छ।