January 3, 2025 | शुक्रबार, पुस १९, २०८१

बाजुरा जिल्ला प्रशासन कार्यालय द्वारा बजार अनुगमन

  • सेती कर्णाली खबर
  • शुक्रबार, पुस १९, २०८१ १२:0२
बाजुरा जिल्ला प्रशासन कार्यालय द्वारा बजार अनुगमन

बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेका पसलहरुमा शुक्रबार मार्तडीमा रहेका पसलहरुको अनुगमन गरिएको छ ।
बजारमा रहेका विक्रेता व्यापारीहरुको पसल हरुमा रहेकाे सामान हरु तथा गोदामहरुमा रहेकाे सामान हरुकाे अनुगमन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाजुराले दुनी हाट बजार र माथिल्लो बजारमा रहेका विक्रेता व्यापारीहरुले ढुवानी मार्फत र अन्य खुद्रा व्यापारीलाई विक्री गर्दै आएका दैनिक उपभोग्य सामग्रीको चर्काे मूल्य,कालो बजारी र मूल्य सूची नराख्ने,उपभोग्य सामग्रीको म्याद गुज्रेका विक्री गर्ने लगायतको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका संयोजक रुपक मण्डलले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार स्थानीय उपभोक्ताहरुले बजारमा दैनिक उपभोग्य सामग्रीको चर्काे मूल्य लिने गरेको,म्याद गुज्रेका सामान विक्री गर्ने गरेर उपभोक्तालाई ठगी गर्ने कार्य गरेको जनगुनासो आएपछि बजार अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी मण्डलले बताए ।

बजार अनुगमनमा म्याद गुज्रेको सामान भने बरामद भएको छैन । विक्रेता व्यापारीहरुलाई मूल्य सूची राख्न,दैनिक उपभोग्य सामग्रीमा कालो बजारी नगर्न र म्याद गुज्रेका उपभोग्य सामग्री विक्री नगर्न लगायतका सुझाव दिइएको छ ।
बजार अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी मण्डलको नेतृत्वमा कोष तथा लेखा नियन्त्रक कार्यालय बाजुराका प्रतिनिधी,अमर बडुवाल,घरेलु साना उद्योग विकास कार्यालय बाजुराका पदम ऐर,पत्रकार,प्रहरी लगायत सहभागी थिए ।

  • सेती कर्णाली खबर
  • -