October 19, 2025 | आइतवार, कार्तिक ३, २०८२

जन्मदिनमा कृषि अधिकृत शाहीद्वारा दलितसमुदायलाई १८ कट्टा चामल सहयोग

  • सेती कर्णाली खबर
  • शनिबार, मंसिर २२, २०८१ १३:५0
जन्मदिनमा  कृषि अधिकृत शाहीद्वारा  दलितसमुदायलाई १८ कट्टा चामल सहयोग

बाजुरा– स्वामिकार्तिक खापर गाउपालिका जुकोट निवासी विनोद शाहीले आफ्नो जन्मदिनमा दलित समुदायलाई १८ कट्टा चामल बितरण गरेका छन।

स्वामिकार्तिक खापर गाउपालिकामा कार्यरत  कृषि साखा अधिकृत विनोद शाहीले आज आफ्नो जन्म दिनको अवसरमा स्वामिकार्तिक खापर गा.पा .३ जुकोट ठुलापाटाका १८ विपन्न दलित घरपरिवार लाई १८ कट्टा चामल  वितरण गरेका छन। साथिहरु बोलाएर केक काटेर ताम झामको साथ जन्म दिन मनाएर फजुल खर्च गर्नु भन्दा गरिब पछाडि परेको समुदाय लाई सहयोग गर्नु उचित ठानेर दलित समुदाय लाई खाद्य सामाग्री सहयोग गरेको अधिकृत शाहीले बताए । शाही  २७ वसन्त पार गरेर २८ वर्षमा प्रवेस आज देखि गर्दैछन। यस अघि पनि स्वामिकार्तिक ३ वडाको   भैरवनाथ प्राथमिक विधालय ठुलापाटाका गरिव तथा विपन्न  समुदाएका १ सय२०   विधार्थिहरुलाई कापि , कलम झोला वितरण गरेका थिय ।

  • सेती कर्णाली खबर
  • -