October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

शिक्षा योजना निर्मनणकालागी दुई दिने कार्यशाला गाेष्टी सम्पन्न

  • सेती कर्णाली खबर
  • मङ्लबार, कार्तिक ६, २०८१ १६:२८
शिक्षा योजना निर्मनणकालागी दुई दिने कार्यशाला गाेष्टी सम्पन्न

पवनराज तिमिल्सिना
बर्दिया
बर्दियाको मधुवन नगरपालिकामा नगरस्तरीय शिक्षा योजना निर्माणका लागि २ दिने कार्यशालागाेष्टी सम्पन्न भएकाे प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्‍टता समूह (बी ग्रुप)काे आयाेजनामा र बाँके युनेस्को क्लबको साझेदारीमा मधुवन नगरपालिकाले आयोजना गरेको हो ।
स्थानीय तहको नीति तथा कार्ययोजना निर्माणमा सहयोग गर्ने परियोजनाको मुख्यका उद्देश्यकासाथै विद्यालय हरुमा शिक्षामा सुधार ल्याइ प्रभावकारी शिक्षण बनाउँदै विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्नका लागि कार्यक्रमकाे आयोजना गरिएको शक्त बालविवाह न्यूनीकरण परियोजनाका शिक्षा संयोजक लक्ष्मीप्रसाद शर्माले बताएका छन् ।

‘समाजमा विद्यमान वाल विवाह, लागुऔषधको प्रयोग जस्ता समस्या तथा सामुदयमा थालिने विभिन्न अभियानहरूलाई सफल बनाउन शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने हुदा ।’ शैक्षिक क्षेत्रमानै योजनाबद्धरुपमा सुधार गर्दे लैजानु आजको आवश्यकता रहेको बताउँदैछन् । शिक्षाबिना समाज सुधार हुन सक्दैन भन्ने परियोजनाको बुझाइ रहेको शर्माले बताएका छन्।
कार्यक्रममा मधुवन नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, ९ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, क्याम्पस प्रमुख, विद्यालयका प्रधानाध्यापक, शिक्षासँग सम्बन्धित विभिन्न व्यक्तित्वहरू सम्मिलित कार्यशालाको बृहत् छलफलबाट मस्यौदाको रुपमा तयार पारिएको योजनालाई पूर्णता प्रदान गरी कार्यपालिकामा पेस गरिने मधुवन नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालले बताए ।
तथ्यको आधारमा मस्यौदाको रुपमा तयार पारिएको शैक्षिक योजनालाई पूर्णता दिन एउटा समिति निर्माण गरिने छ । समितिले तयार पारी बुझाएको अन्तिम मस्यौदामाथि पुनः समीक्षा गरी कार्यपालिकाको बैठकमा पेस गरिने शिक्षा शाखा प्रमुख खनालले जानकारी दिए ।

 


कार्य योजना निर्माण भएपछि शिक्षा नीति बनाउन समेत सहज हुने खनालको तर्क छ । यसरी समितिले पेस गरेको अन्तिम मस्यौदा शाखामार्फत कार्यपालिका बैठकमा पेस भएपश्चात कार्यपालिका बैठक तथा गाउँ सभाबाट पास गरी पालिकाले पूर्णता दिएर प्राथमिकताका आधारमा कार्यान्वयनको चरणमा लैजाने मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले बताए । बुधबारसम्म सञ्चालन हुने कार्यशालाको सहजीकरण शिक्षाविद् जितबहादुर शाहले गरेका हुन् ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, कार्तिक ६, २०८१ १६:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट