October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बुढिनन्दा नगरपालिकाद्वारा एम्बुलेन्स खरिद, केहि दिनमा सेवा प्रदान गरिने

  • सेती कर्णाली खबर
  • आइतवार, साउन २०, २०८१ 0२:५0
बुढिनन्दा नगरपालिकाद्वारा   एम्बुलेन्स  खरिद,  केहि दिनमा सेवा  प्रदान गरिने

२० साउन ,बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिकाले कुण्डाका नागरिकलाई एम्बुलेन्स सेवा प्रदान गर्ने भएकाे छ । कुण्डावासीलाई सेवा उपलव्ध गराउन सहज होस् भन्ने उदेस्यका साथ एम्वुलेन्स खरिद गरि सेवा प्रदान गर्न लागिएकाे  हो । गत आर्थिक बर्षमा पालिकाले एम्वुलेन्स खरिदका लागि वजेट विनियोजन गरेको थियो ।नगरपालिकाका नागरिकको सहजताका लागि एम्बुलेन्स खरिद गरिएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताउनुभएको छ ।
जनताको सेवाका संगै महामारी,गर्भवती महिला लगायत आपद विपद्का लागि भन्दै एम्वुलेन्स खरिद गरिएको नगर प्रमुख बोहराले बताउनुभयो  । नगरपालिकाले एम्वुलेन्स सञ्चालनका लागि कार्यविधि बनाएर कार्यपालिकाबाट स्विकृती गराएर नगरबासीको सेवामा लाग्ने नगर प्रमुख बोहराको भनाई रहेको छ ।
नगरपालिका भित्रका विकट क्षेत्रका नगरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिने उद्धेश्य सहित खरिद गरीसकेको र केही दिनबाट नगरपालिकाले एम्वुलेन्स सेवा सुरु गर्ने बुढिनन्दा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शाहले बताउनुभयो ।
नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाको एम्बुलेन्स सेवाले सम्पुर्ण नगरवासी र दुर्गम क्षेत्रका पालिका हिमाली स्वामिकार्तिक जगन्नाथ लगायत हुम्ला र मुगुका बिरामिका लागि सेवामा सहजता हुने प्रमुख प्रशासकिय अधिकृत शाहको भनाई रहेको छ । नगरपालिकामा एम्बुलेन्स थप भएसंगै सेवा उपलव्ध गराउन सहज हुने नागरिक खुशी भएका छ्न  ।

  • सेती कर्णाली खबर
  • -