October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

भ्रष्टाचारविरुद्ध लड्दालड्दै सरकार गिराइयो : प्रचण्ड

  • सेती कर्णाली खबर
  • सोमवार, साउन ७, २०८१ 0८:३0
भ्रष्टाचारविरुद्ध लड्दालड्दै सरकार गिराइयो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध लड्दालड्दै सरकारबाट हटाएको टिप्पणी गरेका छन् । आफू नेतृत्वको सरकारले भ्रष्टाचारका ठूला फाइल खोल्दै जाँदा त्यो मन नपराउनेहरुले सरकारविरुद्ध षडयन्त्र गरेको उनको भनाइ छ ।

आज बिहान खुमलटारस्थित निवासमा वाईसीएलका नेता–कार्यकर्ताहरुसँगको भेटमा प्रचण्डले सो धारणा राखेका हुन् । ‘मेरो नेतृत्वको सरकारले सुशासनको पक्षमा राम्रो काम गर्दै आएको थियो तर कतिपयलाई त्यो मन परिरहेको थिएन । त्यसैले सरकार गिराइयो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै वाईसीएलका एक नेताले भने, ‘राम्रो काम गर्दागर्दै सरकारबाट हटाइए पनि सुशासनको पक्षमा लागिरहन्छौं ।’

आफू नेतृत्वको सरकारले जनपक्षीय काम गरेको जिकीर गर्दै प्रचण्डले त्यसको मूल्यांकन जनताले गरेको बताए । सरकार बाहिरै रहेर सुशासन र समृद्धिको पक्षमा सरकारलाई खबरदारी गरिरहने पनि उनले बताए ।

अध्यक्ष प्रचण्डले सरकारले गरेका राम्रा कामबारे कार्यकर्ता र जनतालाई बुझाउन जरुरी रहेको भन्दै त्यसमा भूमिका खेल्न युवाहरुलाई आह्वान गरे ।

‘हामीले गरेका काम पब्लिक लेभलमा राम्रो परेको छ,’ प्रचण्डले भनेका थिए, ‘तल्लो तहका वर्ग समुदायसँग पार्टी र नेताहरु जोडिने गरी नयाँ कार्यक्रम बनाएर जनतामा जानुपर्छ ।’

  • सेती कर्णाली खबर
  • सोमवार, साउन ७, २०८१ 0८:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट