October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशन माग

  • सेती कर्णाली खबर
  • शुक्रबार, साउन ४, २०८१ १0:५८
सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशन माग

धनगढ । सुदूरपश्चिम सरकारको सिफारिसमा प्रदेश प्रमुखले बिहीवार राति १२ बजेदेखि प्रदेशसभाको अधिवेशन अन्त्य गरेको भोलिपल्टै विशेष अधिवेशनको माग गरिएको छ।

नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको नयाँ गठबन्धनले विषेश अधिवेशनको माग गरेको हो । प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको पत्र प्रदेशसभामा पुगेको भोलिपल्ट नै प्रदेश प्रमुखको कार्यालयबाट विशेष अधिवेशन माग गरिएको पत्र प्रदेशसभा सचिवालयमा पुगेको छ ।

नयाँ गठबन्धनले शुक्रबार विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा निवेदन दिएपछि प्रदेश प्रमुखको कार्यालयबाट साउन ८ गते विशेष अधिवेशन बोलाउन प्रदेशसभामा पत्र पठाइएको छ ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, साउन ४, २०८१ १0:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट