October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

पहिरोले ग्रामीण सडक बन्द हुँदा स्थानीयलाई सास्ती

  • सेती कर्णाली खबर
  • आइतवार, असार ३०, २०८१ 0६:२३
पहिरोले ग्रामीण सडक बन्द हुँदा स्थानीयलाई सास्ती

सेतीकर्णाली खबर/बाजुरा- भारी वर्षाले ग्रामीण सडकमा पहिरो बन्द हुँदा स्थानीय सास्ती भोग्नुपरेको छ।

हिमाली गाउँपालिका वडा नम्बर ६ भित्र रहेको छातेकाध देखि खानीखोला सम्म सडक ठाउँ ठाउँमा पहिरो आउँदा सडक बन्द भएको छ। असार तेस्रो हप्ता देखि ४/५ निरन्तर भारी वर्षाले गर्दा सडक अवरुद्ध भएको छ। सडक बन्द हुँदा गाउँका अधिकास मान्छेहरू पैदलमार्ग भएर आवतजावत गर्नुपर्ने बाध्यता रहेकोे छ।

गाउँमा सडक बन्द हुँदा गाडी मोटर चल्न बन्द अवस्था परेका छन। वर्षाले गर्दा सडकको ठाउँ ठाउँमा पहिरो आएर सडक अवरुद्ध भएको छ। सडक बन्द भएपछि गाउँमा स्थानीय मान्छेहरू पिठ्युँमा भारी बोकेर रासन ल्याउनुपर्ने बाध्यता रहेकोे स्थानीय वीर बहादुर थापाले बताए।

ग्रामीण सडक पहिरोले गर्दा अवरुद्ध भएकाले मान्छेलाई समेत हिड्न अप्ठ्यारो हुन आएको छ। मान्छेहरू सडक आवतजावत गर्दा अहिलेसम्म पहिरो आउने सम्भावना रहेकोे छ। सडक अवरुद्ध हुँदा दुई पाङ्ग्रे मोटरसाइकल समेत लिन पनि निकै कष्टकर भएको सुरेन्द्र बहादुर मल्लले बताए।

सडक अवरुद्घ भएकाले अधिकास मान्छे यातायात साधान रोकिएको हुँदा गाउँ बाहिर जान निकै दयनीय अवस्था रहेकोे छ। अवरुद्ध सडक तत्काल समाधान गर्न सम्बन्धि निकायले ध्यानाकर्षण स्थानीयले गराएका छन। अहिले गाउँमा सडक अवरुद्ध हुँदा गाडी मोटर चल्न बन्द भएका छन।

  • सेती कर्णाली खबर
  • आइतवार, असार ३०, २०८१ 0६:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट