October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

प्रेस युनियन बाजुराले पत्रकार महासंघ कार्यालयमा धर्ना

  • सेती कर्णाली खबर
  • सोमवार, असार १७, २०८१ 0८:५२
प्रेस युनियन बाजुराले पत्रकार महासंघ कार्यालयमा धर्ना

बाजुरा- नेपाल पत्रकार महासंघ शाखा बाजुराको कार्यालयमा पाँच माग सहित प्रेस युनियन बाजुराले धर्ना गरेको छ।

पाँच वटा माग सहित नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले नेपाल पत्रकार महासंघ कार्यालयमा आज ११ बजेदेखि कालो ब्यानर देखाएर धर्ना बसेका छन। नेपाल प्रेस युनियन केन्द्रिय निर्देशन अनुसार माग पूरा नहुजेल सम्म धर्ना रहने भएको छ। देशभरका प्रेस युनियन शाखाले सबै नेपाल पत्रकार महासंघ कार्यालय धर्ना गर्न काम भैरहेको नेपाल प्रेस युनियन बाजुरा शाखा सचिव राम बहादुर विकले बताएका छन।

नेपाल पत्रकार महासंघका कुनै वैध संरचनाको सिफारिस नगरिएका गैर पत्रकारको सदस्य खारेज गर, नेपाल पत्रकार महासंघका शाखा, प्रदेश समितिले विधान, बिधि अनुसार सिफारिस गरेको सदस्यता कायम गर, प्रक्रिया पुगेका क्रियाशिल पत्रकारलाई सदस्यता कायम गर, नेपाल पत्रकार महासंघलाई विधान अनुसार संचालन गर र निर्वाचन तालिका स्थगित गरि सदस्यता विवाद टुंगाएर मात्र नेपाल पत्रकार महासंघको निर्वाचन हुने वातावरण सुनिश्चितको निर्वाचन गर भन्ने नाराका साथमा नेपाल प्रेस युनियन बाजुरा शाखा धर्नामा बसेको छ।

पहिला नेपाल पत्रकार महासंघ केही दिन तालाबन्दी गरेका थियौं। भने अहिले पत्रकार महासंघ कार्यालयमा कालो ब्यानर निकालेर नेपाल प्रेस युनियनले आफ्ना पाँच वटा माग पूरा नहुजेल सम्म धर्ना अभियान गरिरहने प्रेस युनियन सचिव विकले जनाए। हामी जिल्ला, प्रदेश हुँदा केन्द्र सम्म नेपाल प्रेस युनियन साथीहरूको सहभागिता धर्ना अभियान सुरु गरिएको नेपाल प्रेस युनियन बाजुरा शाखाले जनाएको छ।

  • सेती कर्णाली खबर
  • -