October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामीकार्तिकमा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाए

  • सेती कर्णाली खबर
  • शनिबार, असार १५, २०८१ १४:४८
स्वामीकार्तिकमा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाए

बाजुरा- जिल्ला उत्तरी भेगमा रहेकोे स्वामीकार्तिक खापर गाउँपालिका कर्मचारले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन।

गिफ्ट नेपाल बाजुराको सहयोगमा स्वामीकार्तिक खापर गाउँपालिका आयोजना २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन। असार १५ अर्थात्, राष्ट्रिय धान दिवसमा खेतमा धान रोपेर कार्यक्रम गरी मनाएका छन। ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आज (शनिबार) २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन कर्मचारी एक जुट भएर एकै साथमा धान रोप्दै मनाइने गरेको स्वामीकार्तिक खापर गाउँपालिकाले जनाएको छ।

असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन।कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् ।

  • सेती कर्णाली खबर
  • शनिबार, असार १५, २०८१ १४:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट