October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाली गाउँपालिका ७० बाख्रा पहिराले छोपेर मृत्यु

  • सेती कर्णाली खबर
  • शनिबार, असार १५, २०८१ 0७:२८
हिमाली गाउँपालिका ७० बाख्रा पहिराले छोपेर मृत्यु

सेतीकर्णाली खबर,बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर २ कोटी गाउँ नजिकै चौका भन्ने ठाउँ हिजो राति आएको अविरल वर्षाले पहिराले छोपेर ७० बाख्रा मृत्यु भएको छ।

१४ गते राती अविरल वर्षाका कारणले कोटि गाउँ नजिकै चौका भन्ने ठाउँमा एक्कसी बाख्रा राखेको ठाउँ भन्दा माथिबाट आएको पहिरोले गोरख राज बोहरा ४० वटा बाख्रा, जर्म बोहरा १० वटा र जीवन बोहराका २० वटा गरि जम्मा ७० बाख्रा पहिरोले छोपिएर मृत्यु भएका छन। १० वटा बाख्रा सकुशल रहेकोे स्थानीय वीर बहादुर बोहराले बताएका छन।

बिहान खान खाएर बाख्रा हेर्न मान्छे बाख्रा राखेको ठाउँमा गएर बन चराउन लैजान तयारी भएर गएका मान्छे दु:खद अवस्था परेको हुँदा चिन्ताजनक रहेका छन। कवाडी प्रहरी चौकीलाई लागि खबर गरिएको छ। मृत्यु भएका बाख्रा पहिरोले छोपीएका निक्लेको छौ।

  • सेती कर्णाली खबर
  • शनिबार, असार १५, २०८१ 0७:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट