October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कतारमा अलपत्र रिमाललाई ठकुरी सञ्जालले नेपाल पठायो

  • सेती कर्णाली खबर
  • मङ्लबार, असार ११, २०८१ ११:५४
कतारमा अलपत्र  रिमाललाई ठकुरी सञ्जालले  नेपाल पठायो

दोहा, कतार : कतार आएको ६ महिनाबाट नै बेरोजगारी  भएर अलपत्र परेका कास्की जिल्लाका दिल्ली प्रसाद रिमाललाई ठकुरी  सहयोग सञ्जाल कतारले मातृभूमि फिर्तीका लागि नगद सहयोग गरेका छ । कतारमा रोजगारी गुमाएर अलपत्र परेका रिमाललाई नेपाल फर्कन उनले तिर्नुपर्ने विभिन्न निकायका जरिवानासमेत ठकुरी सहयोग सञ्जाल  तिरिदिएको छ । पासपोर्टसमेत गुमाएका रिमाललाई ठकुरी सहयोग सञ्जालको पहलमा नेपाली राजदूतावासबाट “ट्राभल डकुमेन्ट” बनाएर नेपाल पठाइएको ठकुरी सहयोग सञ्जाल कतारका अध्यक्ष केशु मल्ल ठकुरीले सेती कर्णाली खबरलाई जानकारी दिए ।

सन २०१४ मा बाजुराका उमेश जङ्ग शाहीको अध्यक्षतामा गठन भएको ठकुरी सहयोग सञ्जालले हाल सम्म समाजमा भइपरि आउने समस्याको समाधान गर्दै आएको छ। भुकम्प  पिडित लाई राहत बितरण टहरा निर्माण, मिर्गौला  पिडितहरुलाई आर्थिक सहयोग लगाएत समाजसेवी काम गर्दै आएको मल्लले बताए।  नेपाल फर्किएका रिमालले ठकुरी सहयोग सञ्जालको कारण आफू नेपाल फर्किन पाएकोमा आभार व्यक्त गरेका छन । उनले कतारको बढ्दो गर्मी, त्यसैमाथि आफू अलेखबद्ध हुँदा रोजगारविहीन, खाना र बस्न समस्या भइरहेको बेला सञ्जालले  आफ्ना लागि खाना बस्नदेखि नेपाल फर्किन र काठमाडौंबाट घरसम्म जान यातायात भाडासमेत उपलब्ध गराएको बताउँदै धन्यवाद व्यक्त गरे ।

ठकुरी सहयोग सञ्चाल कतारका विभिन्न सार्वजनिक कार्यक्रममा “सुरक्षाका लागि स्वयंसेवक”देखि सुरक्षाकर्मीका रूपमा सशक्त जिम्मेवारी निभाउँदै आएको छ । अहिले पनि समाजमा हातभरि ट्याटु हानेको र अजंगको शरीर भएका व्यक्तिहरू देख्ने बित्तिकै उनीहरूप्रति नकारात्मक धारणा बनाउनेलाई ठकुरी सहयोग सञ्जालले सामाजिक तथा मानवीय कार्य गरेर उक्त धारणालाई गलत साबित गर्दै आएको छ ।

नेपाली समुदायलाई सहयताका साथै सरकारी निकाय कतार च्यारिटी, रेड्क्रीसेन्ट जस्ता संस्थाले गर्ने मानवीय तथा सामाजिक कार्यका लागि आवश्यक स्वयंसेवकलगायतका कार्यहरूमा सहयोगका लागि हरदम तयार रहेको र जो कोही नेपाली समस्यामा परेमा ग्रुपले सहयोग गर्ने ग्रुपका संयोजक बुलेट राजा ठकुरीले बताए ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, असार ११, २०८१ ११:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट