October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

भेरी अस्पतालमा बिरामी उपचार खर्च अपुग हुँदा घरमा फिर्ता

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार ७, २०८१ १0:४४
भेरी अस्पतालमा बिरामी उपचार खर्च अपुग हुँदा घरमा फिर्ता

उमेश रोकाया,बाजुरा- नेपालगन्ज भेरी अस्पताल उपचार गर्न लगेका बिरामी कुसुमकला रोकाया खर्च अपुग भएको हुँदा घरमा फिर्ता ल्याएका छन।

हिमाली गाँउपालिका वडा नम्बर ६ पाँडी स्थायी घर भएको कुसुमकला रोकाया जेष्ठ ५ गते गाउँ नजिकै रहेको बनमा घाँस काट्न जाँदा एक्कासी भिरबाट लड्दा घाईते भएकि हुन। आर्थिक अभावले नेपालगन्ज भेरी अस्पतालमा बेडमा राखेपनी उपचार खर्च कुरै छैन। अस्पताल बिरामीलाई पानी किन्ने पैसा अभाव हुँदा बिरामी हिमाली गाउँपालिका एम्बुलेन्स द्रारा बिरामी घरमा फिर्ता ल्याएको आफन्त विनोद बोहराले बताएका छन। उनका अनुसार बिरामीलाई उपचारका लागि सहयोगका लागि अपिल गर्दा पनि पालिकाको सिफारिस भेरी अस्पताल एक लाख बराबरको खर्च सहयोग भएको हो। अरु सहयोग काहिँ कतै बाट एक रुपियाँ नपाएको गुनासो गरेका छन। बिरामी उपचार गर्न आर्थिक अभाव हुँदा पैसाको कमिले गर्दा बिरामी घरमा ल्याउनुपर्ने बाध्यता भएको हो।

बिरामीलाई घरबाट उपचार गर्नका लागि कोल्टी प्राथमिक केन्द्र कोल्टीमा ल्याएको थियौ। कोल्टी अस्पतालमा पनि बिरामी चेकजाँच गर्दा सुबिधा सम्पन्न ठाउँमा चाडैं लगियो भने उपचार सम्भव छ। भन्ने बित्तिकै रातारात एम्बुलेन्स मार्फत कालिकोट सुर्खेत हुदै नेपालगन्ज रहेको भेरी अस्पताल भर्ना गरिएका थियोे। बिरामीलाई उपचार सुरु गर्न खोज्दा आइसियुमा राख्नुपर्ने हुँदा पैसाको समस्या भएको थियो। हिमाली गाउँपालिका सिफारिस पठाएपछि भेरी अस्पताल लाग्ने १ लाख सम्म खर्च छुट गराएर उपचारमा सहयोग भएको हो। बिरामी पहिला ४/५ लाख सम्म उपचार खर्च गर्न सकियो भने स्वास्थ्य ठिक हुन्छ भनेका हुन। अस्पताल १ लाख र आफन्त सहयोग ऋण सहित मागेर करिब २ लाख ५० हजार सम्म बराबर खर्च भएको छ। अब डाक्टर सल्लाह अनुसार बिरामी होस पनि जति आउनुपर्ने हो त्यति होसमा आएको छैन। बिरामी घर लैजानु होस उपचार गर्न २ लाख सम्म पुग्यो भने बिरामी स्वास्थ्य राम्रो हुने बताएका छन। बाकी लाग्ने खर्च त्यसको पचास प्रतिशत रकम तपाईं गर्न सकियो भने त्यसको आदा रकम लाग्ने खर्च भेरी अस्पताल व्यहोर्नु तयार भएको भेरी अस्पताल व्यवस्थापनले भन्नू भएको बिरामी आफन्त विनोद बोहराले बताएका छन।

बिरामी उपचार गर्न सम्भव भएपनि बिरामी अस्पताल बेडमा औषधि मूलक किन्न पैसा नभ पनी पिउने पानीको बोत्तल किन्ने पैसा अभावमा हुँदा बिरामी बेडमा छट्पटी रहदा निकै आर्थिक समस्या अल्झनु पर्ने बाध्यता रहेकोे छ। उनका आफन्त भन्छन् बिरामी आफ्नो सहयोग गर्दा सम्म गरियो पैसाको अपुग हुन आएपछि बिरामी लाई बाध्यताले घरमा फिर्ता ल्याउनु पर्ने अवस्था आएको हो। बिरामी उपचार सम्भव छ भेरी अस्पताल डाक्टरले भनेपनी आफू संग केहि पनि नहुदा बिरामीलाई घरमा ल्याउने पैसा नहुदा हिमाली गाउँपालिका एम्बुलेन्स सहयोग मार्फत घरमा ल्याएको छ। निज कुसुमकला रोकायाको श्रीमान गएको पौष महिनामा मृत्यु भएको थियो। उनका अहिले घरमा ४ वटा छोराछोरी साथमा रहेका छन्। बिरामीको उपचारका गर्दा गर्दै पैसा अपुग भएको हो। थप बिरामी उपचारका लागि मुख तल्लो पट्टी रड राख्नुपर्ने भएकोले यसका लागि अस्पतालको जानकारी अनुसार २ लाख सम्म खर्च लाग्ने भनेको विनोद बोहराले बताइएको छ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार ७, २०८१ १0:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट