October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

लायन्स इनोभेटिभको स्थापना दिवसमा कुवँर सम्मानित

  • सेती कर्णाली खबर
  • मङ्लबार, असार ४, २०८१ 0२:0१
लायन्स इनोभेटिभको स्थापना दिवसमा कुवँर सम्मानित

जित जङ्ग कटेल/नेपालगन्ज- लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभको १३औं स्थापना दिवस तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सोमबार नेपालगन्जमा भएको कार्यक्रममा लायन सुशिला चन्दले लायन्स वर्ष २०२४–२५ का अध्यक्ष लायन शंकर खनाललाई पद हस्तान्त्रण गर्नु भएको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ इनोभेटिभले यसै साता सम्पन्न भएको लियो डिष्ट्रिक काउन्सिल ३२५ एन नेपालका लायन वर्ष २०२४–२५ का लागि जिल्ला उपाध्यक्ष प्रकाश कुवँरलाई बधाई तथा सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अथिती डिष्ट्रिक गर्भनर तथा लायन इनोभेटिभका चार्टर अध्यक्ष एमजेएफ लायन मुकुट ढकालले कुवँरलाई सम्मान गर्नु भएको थियो । कार्यक्रममा फस्ट लेडी लायन मिना सुवेदी ढकाल, क्याभिनेट सेक्रेटरी लायन उमा थापा मगर, आगामी वर्ष २०२४–२५ को अध्यक्ष शंकर खनाल, पुर्व अध्यक्ष लायन विष्णु खनाल र लियो क्लबको पनि सहभागिता रहेको थियो ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, असार ४, २०८१ 0२:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट