September 18, 2025 | बिहिबार, अशोज २, २०८२

बिच्छयामा टेलिफोन टावर अवरुद्ध हुँदा सेवाग्राहीलाई सास्ती

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ ३२, २०८१ १५:१४
बिच्छयामा टेलिफोन टावर अवरुद्ध हुँदा सेवाग्राहीलाई सास्ती

उमेश रोकाया,बाजुरा- बिच्छयामा एक सातादेखि टेलिफोन टावर अवरुद्ध भएको हुँदा सेवाग्राहीलाई सास्ती खेप्नुपरेको छ।

बाजुरा विकट तथा भौगोलिक हिसाबले पिछडिएको दुर्गम बिच्छ्याका अधिकास स्थानीय टेलिफोन सेवा अवरुद्ध भएको कारणले सास्ती खेप्नुपरेको अवस्था रहेकोे छ। हिमाली गाउँपालिका वडा नम्बर २ कोट डाडा रहेको टेलिफोन टावरले सोही वडा सहित वडा १ र ३ का वडाका स्थानीय मान्छेहरु टेलिफोन सेवा लिएका थिए। अहिले टेलिफोन टावर समस्या भएको हुँदा १ हप्ता देखि अवरुद्ध भएको कारणले फोन सेवा बन्द भएको छ।

साबित बिच्छ्या पुरै ठाउँका स्थानीय फोन सेवा समस्या भएकै कारण टेलिफोन कुराकानी गर्न पाएका छैन। अहिले गाउँमा खबर गर्दा फोन सेवामा धेरै जसोले एक गाउँ बाट अर्को गाउँमा पुगेर खबर प्राप्त गर्नु अवस्था रहेकोे छ। एक हप्ता बाट अहिलेसम्म टेलिफोन अवरुद्ध विषय कुनै निकायले ध्यानाकर्षण नहरको हिमाली गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष मंगल बुढाले बताए।

टेलिफोन सेवा अवरुद्ध हुँदा एक गाउँ देखि अर्को ठाउँमा कुनै सूचना तथा खबर प्राप्त गर्नका लागि स्थानीय सम्बन्धि ठाउँमा पुग्नुपर्ने समस्या परेका छन। बिच्छया करिब २ हजार ५ सय लाभान्वित मान्छेहरू फोन सेवाबाट एक हप्ता देखि फोन सेवामा जटिलको खालको अवस्था परेका छन। गाउँका सर्वसाधारण देखि वडा कार्यालय, स्वास्थ्य कार्यालय, प्रहरी चौकी र बिधालय सरकारी कार्यालय कामकाज लागि बाहिरबाट सूचना आदानप्रदान फोन सेवामा समस्याले गर्दा सास्ती भोग्नुपरेको हिमाली गाउँपालिका वडा न.१ का वडा अध्यक्ष जोख्या भण्डारीले बताएका छन।

अहिले गाउँपालिका सूचना वडा प्राप्त हुने फोन सेवाबाट हुने काम थप्प रहेका छन। कोट डाडामा भएको टेलिफोन टावर अवरुद्ध भएको कारणले स्थानीय मान्छेहरू फोनबाट अहिलेसम्म बन्चित अवस्था रहेका छन। अहिले फोन सेवा अवरुद्ध हुँदा टेलिफोन गर्न ४ घण्टा पैदल हिडेर हुम्लाको जीवन भन्ने ठाउँमा फोन गर्नुपर्ने बाध्यता रहेकोे छ। यसलाई समाधान गर्नका लागि छिट्टै सम्बन्धि निकायले ध्यानाकर्षण गरोस् वडा अध्यक्ष भण्डारीले बताए।

टेलिफोन टावर समस्या भएको कारणले गाउँपालिका खबर गर्न धेरै मुस्किल परिरहेको छ। कहिलेकाही टेलिफोन टावर आउनेजाने गरेको हुँदा फोन सेवामा समस्या आएको छ। आफू लगायत गाउँ मान्छेलाई बाहिर फोन गर्न चाहे पनि टेलिफोन कुराकानी गर्न निकै समस्या परेको छौँ। बाहिरबाट गाउँ घरमा फोन कसैले गर्न खोजे भने कहिले फोन अफ र सम्पर्क हुन सकेन भन्ने गरेको गाउँ भन्दा बाहिर बस्ने आफन्तले गुनासो समेत पोखेका छन। यसले गर्दा साबित बिच्छ्याका गाविसका सबै स्थानीयहरु टेलिफोन सेवा भएका स्थानीय लोकेन्द्र भण्डारीले बताएका छन।

टेलिफोन टावरमा भिसेट समस्या आएको छ। जुन सामान हामी संग नभएको हुँदा काठमाडौ बाट सामान लिएर टोलि धनगढी पुग्दै छ। सामान मार्तडी पुगेको २/३ लगत्तै टेलिफोन टावरमा सामान जोडेर चाडैं टेलिफोन सेवा प्रवाह गरिने नेपाल टेलिकम कार्यालय मार्तडी बाजुराले जनाएको छ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ ३२, २०८१ १५:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  