October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

युवा मैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ १९, २०८१ 0६:१६
युवा मैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम

सेतीकर्णाली खबर,बाजुरा- हिमाली गाउँपालिकामा युवा मैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम गरिएको छ।

हिमाली गाउँपालिका युवा शिक्षा तथा खेलकुद शाखाको आयोजना र राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति बाजुराको सहयोग व्यवस्थापन राष्ट्रिय युवा परिषदको आर्थिक सहयोगमा “समुन्नत राष्ट्र निर्माणका लागी युवाको सहभागी” भन्ने अभियानका साथ युवा मैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम गरिएको छ।

नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम ४ दिनमा सिकाइ उपलब्धि हासिल गरेको छ। युवाहरुले स्थानीय सरकार विकास निकास देखि शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी र संचार क्षेत्रमा गरेको कदम यसमा थप गर्नुपर्ने कामको बारेमा पालिका कर्मचारी र जनप्रतिनिधि संग पालिकाका युवाहरूले एक आपसमा बहस गरेका छन।

बाजुरा दुर्गम हिमाली गाउँपालिका स्थानीय सरकार लागु भएको ७ वर्ष गरेका काम अब केही सुधार गर्नुपर्ने सकारात्मक पक्ष कामको उत्तरदायित्व कतिको निभाउन सकेको छ। भन्ने विषयलाई खण्ड गरेर युवाहरू ठुलो बहस बिचमा छलफल गरिएको छ। पालिकामा भैरहेको काम कतिको प्रभावकारी बनेको छ। यसलाई कसरी निर्माणकार्य क्षेत्र देखि लिएर बेरोजगार युवा प्रतिको साचो बारेमा पालिकामा युवा सवाललाई स्थानीय सरकारलाई जफाप मागेको छन।

पालिकामा रहेका ७ वडाका युवाहरू गाउँपालिकामा समस्या औल्याउँदै त्यसको समाधान उपाय तिर कसरी लैजान भन्ने बहस गरेका छन। आगामी दिनमा सबै क्षेत्र कामलाई युवा खाचो हुँदा सबै युवा एकरुपता हुन जरुरी रहेकोे छ। जस्तोसुकै काममा युवाको साथ सहयोग निरन्तर रहने खालको वातावरण भयो भने बिकासका सहज गर्न सकिने भएको छ।

दुर्गम गाउँमा खानेपानी, बिधालय अबस्थामा, युवा रोजगार, स्वास्थ्य गुणस्तर सेवामा सकारात्मक हिसाबले हाम्रो लाई राम्रो बनाउन विशेषगरी युवा काधमा रहेकोे छ। पालिका बिकासका लागि आफू सधै लागिएको छु। जुन खालको काम गर्नुपर्ने अवस्था हुन्छ त्यसलाई सफल पार्न युवाहरू भुमिका गाउँ घरमा चासो देखाएर काम गरियो भने कुनै किसिमको काम असम्भव छैन।

बेरोजगारी युवा गएका युवा स्वदेश फर्कनु आफू लागिपरेका छु। बेरोजगारी युवा गाउँमा रोजगार गर्न आफ्नो एक कदम पछाडि हट्ने छैन। सबै वडा बस्तीमा सडक, बिधालय, विद्युत र खानेपानी भएको छ। काहिँ कतै सडक संजाल नजोडिएको वडामा संघ र प्रदेश सरकारलाई पहल गरिने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

उक्त कार्यक्रम हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल सभा अध्यक्षता रहनु भएको छ। अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, हिमाली गाउँपालिका प्रबक्ता एवम् वडा नम्बर ४ का वडा अध्यक्ष भिमामन्द पाण्डे युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख रगुनाथ अबस्थी युबा खेलकुद बिकास शाखा बाजुराका अध्यक्ष कृष्ण थापा लगायत पालिका शाखा अन्तर्गत कर्मचारी युवा तालिम सहभागितामा युवा मैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम गरिएको सञ्चालक जयप्रकाश पाण्डेले बताएका छन।

  • सेती कर्णाली खबर
  • -