October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बेरोजगारी युवा विदेश गाउँमा युवा संख्या घट्दै

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ १८, २०८१ 0९:१८
बेरोजगारी युवा विदेश गाउँमा युवा संख्या घट्दै

उमेश रोकाया,१८जेष्ठ/बाजुरा- बेरोजगारी युवा विदेशमा, गाउँमा युवा संख्या घट्दै गएको छ।

गाउँ घरमा धेरै जसो युवाहरू बेरोजगारी कारणले घर छोडेर बाहिर जानुपर्ने बाध्यता रहेकोे छ। गाउँ सानोतिनो जमिन जग्गा खाना लाउन मुस्किल अवस्था हुँदा युवा जति खाडी मुलक धाउने गरेको छ। अहिले गाउँ बुढाबुढी बालबालिका बाहेक अधिकास युवा बिदेश गइरहेका छन।

बेरोजगारी युवा गाउँमा अहिले शन्यू रहेकोे छन। पढाई गरेका नपढेका युवा बेरोजगार घर छोडेर धेरै जसो गाउँका युवा भारत, मलेसिया, कुवेत, साउदी लगायत देशमा युवा बेरोजगारका कारणले रोजगार सिलसिलामा स्वदेश बाट बाहिर गएका पाइन्छ। गाउँ खेतीपाती उत्पादन अन्नबालीले घरपरिवारलाई पाल्न मुस्किलले चलाउनुपर्ने समस्या हुँदा गाउँ छाड्न बाध्यता रहेकोे छ। पहिला धेरै जसो कमै बिदेश जाने गरेका हुन्थ्यो। अहिले युवा गाउँमा हेर्ने हो भने संख्यामा धेरै कम रहेकोे हिमाली गाउँपालिका ६ का स्थानीय दिपक भण्डारीले बताए।

पछिल्लो समयमा नपढेका भन्दा पढेलेखेका युवा केही अध्ययन गर्न गाउँ छोडेर बाहिर गएका छन। केही युवाहरू पढेर बेरोजगारी मात्र बढेपछि गाउँ छाडेर बिदेश गएको छ्न। पढेर् पनि रोजगारी वातावरण सिर्जना कम देखेपछि युवा जति भारत लगायत देश गएर आफ्नो आम्दानी गर्न निम्ति विभिन्न मुलुकमा धाएर घरपरिवार पालनपोषण गरेका छन।

कतिपय युवाहरू पढाइमा चासो भएपनि आर्थिक अभावको कारण पढाई छोडेर बिदेश पलायन गरेका छन। पछिल्लो अवस्था गाउँमा कुनै रोजगार विकल्प नभएपछि स्वदेश भन्दा बिदेश बढी युवाहरु जानुपर्ने बाध्य बनेका छन। किन भने गाउँमा काम बढी आम्दानी कम हुँदा कुनै परिवारलाई खाना लाउन पुगेपनी आर्थिक स्रोत कमि हुँदा गाउँका अधिकास युवा बिदेश जानुपर्ने बाध्यता रहेकोे हिमाली गाउँपालिका -६ का स्थानीय सन्तोष भण्डारीले बताएका छन।

गाउँमा युवा कमि भएपछि सामाजिक कामकाज जनशक्ति अभाव समेत भएको छ। युवा भए सबै काम गर्न सजिलो गर्न सकिन्थ्यो भने अहिले युवा स्वदेश भन्दा बढी युवा विदेश गएको हरेक सार्बजनिक काम गर्न निकै समस्या भएको छ। कृषि उत्पादन बाट आर्थिक हिसाबले कमि भएको हुँदा पैसा मजबुत बनाउन संगै घरपरिवार लत्ताकपडा फेर्न गाउँका अधिकास युवा विदेश धाउनुपर्ने बाध्य भएका छन।

पछिल्लो अवस्था गाउँमा जनसंख्या वृद्धि हुँदै गएको छ। वृद्धि हुँदा घरमा आम्दानी उत्तिकै आवश्यकता पर्छ। यसलाई व्यवस्थापन गर्नका निम्ति यहाँका युवा घर छोडेर विदेश तथा अन्य ठाउँमा ज्यालादारी गरेर घर खर्च गर्ने गरेको छ। यसरी आफ्ना परिवार जीविकोपार्जन गर्दै आइरहेका छन। विशेषगरी गाउँमा आम्दानी स्रोत कमि भएको र युवा बेरोजगारी संख्या बढेको कारणले युवा विदेश तिर लर्को परेको हुँदा गाउँमा युवा रित्तो रहेकोे स्थानीय ऐन बहादुर रोकायाले बताएका छन।

  • सेती कर्णाली खबर
  • -