October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

अनलाइन पत्रकारिता सम्बन्धी धनगढीमा प्रशिक्षण कार्यक्रम

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ १२, २०८१ १४:२९
अनलाइन पत्रकारिता सम्बन्धी धनगढीमा प्रशिक्षण कार्यक्रम

धनगढी- सुदुर पश्चिमका ९ वटै जिल्लाका अनलाइन मिडियामा आवद्ध पत्रकारहरुलाइ धनगढीमा अनलाइन पत्रकारिता सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लामा अनलाइन पत्रकारिता गरिरहेका पत्रकारको उपस्थितिमा धनगढीको आस्था होटेलको सभाहलमा प्रशिक्षण कार्यक्रम गरिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको आयोजना र नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश समितिको सहकार्यमा उक्त प्रशिक्षण कार्यक्रम गरिएको हो । पत्रकारले समय अनुकूलको पत्रकारिता गर्नु , आवश्यक र मागअनुसार आफुलाई पनि परिवर्तन गर्नु पर्ने हुन्छ, सोही बिषयलाई आत्मसाथ गरि कार्यक्रमको आयोजना गरिएको प्रेस युनियन सुदूरपश्चिम प्रदेशका अध्यक्ष मनमोहन स्वाँरले बताए।

उक्त अनलाइन पत्रकारीता कार्यक्रमकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको सचिव सुशिल बैद्य बाट औपचारीक उद्घाटन सहित सुरु भएकाे हाे । प्रशिक्षण कार्यक्रम सुदूरपश्चिमका विभिन्न जिल्लाका ३० जना पत्रकारको सहभागितामा रहेकाे छ । उक्त प्रशिक्षणा तालिम यहि जेष्ठ १३ गते सम्म संचालन गरिने भएकाे प्रेस युनियन सुदुर पश्चिम कार्यसमिति महासचिब हरिश भट्टले बताएका छन ।

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ १२, २०८१ १४:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?