October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बुढीनन्दा नगरपालिका कोल्टीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ १०, २०८१ १६:१८
बुढीनन्दा नगरपालिका कोल्टीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे बुढीनन्दा नगरपालिका- २ कोल्टीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

कोल्टी अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। बुढीनन्दा नगरपालिकाको आयोजनामा एकएक पाइला नेपाल र गेटा आँखा अस्पताल धनगढीको सहयोगमा ३ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन आज बिहान बाट सुरु!गरिएको छ। शिविर सञ्चालनमा आँखा, नाक, कान, घाँटी र दन्त रोग सम्बन्धी निशुल्क सल्यक्रिया र विशेषज्ञ सेवा सहितको उपचार प्रदान भएको छ।

पहिलो दिनमा विभिन्न रोगका ७ सय ९८ जनाले स्वास्थ्य परिक्षण संगै उपचार सेवा पाएका बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले जानकारी दिनुभयो । उहाँले अन्य रोगका विरामी भन्दा वढि आँखा रोगका विरामीले सेवा पाएका बताउनुभयो । एकएक पाईला नेपालका ब्यवस्थापन डाक्टर अशोक पाण्डेका अनुसार आँखा रोग सम्वन्धि नाम दर्ता भएका ६ सय २९ मध्य ४ सय ७२ जनाको सामान्य चेकजाँच भएको र ९८ जना मोतिया विन्दुका विरामीको सफल सल्यक्रिया भएका छन।

जस मध्य एक जना जटिल खालका विरामीको शिविरमा उपचार नहुने देखिए पछि गेटा आँखा अस्पताल कैलालीमा रिफर गरिएको बताउनुभयो। वाकि ५८ जनाको भोली उपचार हुने छ । दन्त रोग सम्वन्धि नाम दर्ता भएका १ सय २४ जना मध्य ५० जनाको दाँत निकालिएको र अन्य ७४ जना विरामीलाई सामान्य उपचार सहित औषधि वितरण गरिएको छ। त्यस्तै नाक, कान र घाँटि रोग सम्वन्धिका २ सय २ जना विरामी मध्य कान रोगका ७ जना विरामीको सफल सल्यक्रिया भएको छ। अन्य विरामीको चेकजाँच पछि औषधि प्रदान गरिएको छ।

शिविरमा नि:शुल्क रुपमा उपचार हुने सुने पछि विभिन्न ठाउँबाट विरामी कोल्टी पुगेका छन। कुण्डा क्षेत्रका चार वटा पालिका सहित छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका स्थानिय उपचारका लागि शिविरमा पुगेका नगरपालिकाका प्रवक्ता जंगवीर रोकायाले बताउनुभयो। उहाँले सवै स्थानिय तहको पाएप पर्ने ठाउँ भनेकै कोल्टी अस्पताल भएकाले सजिलो र सुविधाका लागि अन्य ठाउँका स्थानिय पनि उपचारका लागि कोल्टी पुगेका बताउनुभयो।

उपचारका लागि विरामी मध्य अधिकास वालवालिका र जेष्ठ नागरिक रहेका उहाँले बताउनुभयो । शिविर निशुल्क हुदा उपचारका लागि पुगेका सेवाग्राही विच भीडभाड वढेको छ। छोटो समयको शिविरले पनि विपन्न समुदायका नागरिकलाई उपचारमा ठुलो राहात भएको नगरप्रमुख जनक कुमार वोहराले बताउनुभयो । उद्धघाटन कार्यक्रममा वोल्दै उहाँले दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य समस्यालाई ख्याल गर्दै बेला बेला निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरिएको बताउनुभयो। आर्थिक अभावले उपचारका लागि सुविधा सम्पन्न ठाउँमा जान नसकि रोग पालेर घरमै वसेका नागरिकलाई सहज बनाउन शिविर सञ्चालन गर्ने गरिएको बताउनुभयो। कोल्टीमा आँखा शिविर सञ्चालन भए पछि सामान्य आँखा परिक्षणका लागि गेटा पुग्नु पर्ने वाध्यता हटेको र खर्च पनि जोगिएको बताउनुभयो ।

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ १०, २०८१ १६:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट