October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वास्थ्य बिधालय र योजना गुणस्तर बनाउने अभियानमा

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ ८, २०८१ १७:२७
स्वास्थ्य बिधालय र योजना गुणस्तर बनाउने अभियानमा

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका स्वास्थ्य, बिधालय र योजनाका क्षेत्रलाई गुणस्तर बनाउने अभियान निरन्तर लागिपरेका छन।

पालिका भित्र रहेका वडामा सरकारी कार्यालय विशेष निगरानीमा गाउँपालिका गरिरहेका छ। वडाका जनताले कार्यालय बाट पाउने सेवा सुबिधा कतिको प्रभावकारी रहेकोे छ। यदि कमीकमजोरी छ भने त्यसलाई अझ सुधार गर्नुपर्ने खालको अवस्था कस्तो छ भने स्थलगत रूपमा गाउँपालिका कर्मचारी बैशाख २५ गतेदेखि निरन्तर अभियानमा जुटेका हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन।

शिक्षा क्षेत्रमा

गाउँपालिका पालिकाका शैक्षिक संस्थाको रुपमा सञ्चालन आएका २२ वटा बिधालयको पढाई गुणस्तर स्कुलमा विद्यार्थी पठनपाठन अबस्था शिक्षक कर्मचारी हाजिरी कस्तो किसिमको रहेकोे छ। बिधालय भौतिक पुर्वाधार संगै त्यहाँका अवस्था बारेमा चेकजाँच गर्नका निम्ति सबै बिधालय शिक्षा सुधार पक्षमा अगाडि लैजान स्कुलमा अनुगमन कार्य अहिलेसम्म निरन्तरता गरिरहेका छौँ।

बिधालयको वार्षिक परिक्षा नतिजाको परिमाण लाई विश्लेषण गर्दा सुधार गर्न धेरै जरुरी रहेकोे हुँदा शैक्षिकसत्र सुरु लगत्तै हामी सिङ्गो गाउँपालिका र जनप्रतिनिधि स्कुलमा अनुगमन गरिरहेका छौँ। जसले गर्दा शिक्षा क्षेत्रलाई हामी अहिले शन्यू अवस्था सुधार गर्न विद्यार्थीहरुको पढाई गुणस्तरीय प्रदान गराउन नयाँ ढंगबाट अगाडि बढाउन विशेषगरी हाम्रो पालिका राम्रो पालिका निर्माण सुरु गर्ने अभियान लागेको अधिकृत भण्डारी जनाएका छन।

स्वास्थ्य क्षेत्रमा

जनता संग प्रत्यक्ष रूपमा जोडिएको दैनिक दिनमा सेवामा प्रवाह हुनका लागि स्वास्थ्य सेवा केन्द्र रहेकोे छ। स्वास्थ्य कर्मचारी कतिको कार्यालय खटिएर जनताले पाउने सेवा सुबिधा निरन्तर पाएका छन। गाउँका स्थानीयले स्वास्थ उपचार पाउनुपर्ने खासै पाएका छन कि छैन यसलाई राम्रो बनाउन प्रत्येक स्वास्थ्य क्षेत्रमा अभियान रहेकोे छ।

पालिकामा २ वटा स्वास्थ्य चौकी र ११ वटा स्वास्थ्य सेवा केन्द्र रहेका छन। त्यसमा गाउँपालिकाले स्वास्थ्यकर्मी खटाएको अनुसार काम भएको वा नभएको कुरा बुझ्न स्थलगत अनुगमन गर्न काम भैरहेको छ। राज्य बाट पाउने सेवा सुबिधा कतिको महसुस भएको छ। यसलाई अझै सेवा गुणस्तर प्रदान गराउन सबै स्वास्थ्य कार्यालय कर्मचारी हाजिर उक्त ठाउँबाट हुने कामकाज प्रभावकारी गर्न लागिपरेका हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

निर्माण योजना क्षेत्रमा

आर्थिक वर्ष २०८०/०८१ मा बजेट विनियोजन गरिरहेका पालिका अन्तर्गत पर्ने सानोतिनो योजना देखि ठेक्का निर्माण योजनाहरु लागत अनुमान अनुसार योजनाको स्थलगत अनुगमन गरिरहेका छौँ। योजनाहरु सरकारी मापदण्डअनुसार बनाएको छ कि छैन भन्ने कामलाई प्रत्येक्ष हेरफेर गर्नका लागि योजना शाखा प्रमुख, लेखा शाखा, प्राबिधिक शाखा सहित निमित्त प्रमुख प्रशासकीय अधिकृत नेतृत्व टोलि सहित सबै वडामा रहेका योजना अनुगमन स्थलगत गरिएको प्राबिधिक शाखा प्रमुख जनक रोकायाले जनाएको छ।

पालिका योजनालाई विशेषगरी निगरानीमा राख्दै प्रत्येक सानोतिनो योजना देखि ठुलो निर्माण योजना स्थलगत गएर काम कस्तो भैरहेको छ। काम सम्पन्न भएको छ वा छैन भन्ने बिषयलाई हाम्रो अभियान रहेकोे छ। काम अनुसार दाम दिनका लागि निर्माण योजना सातै वडामा सम्पन्न र निर्माणाधीन योजना नापजाँच गर्न प्राबिधिक टोलीसित वडा गाउँ टोलमा पुगेका छौँ। पछिल्लो चरणमा निर्माणकार्य क्षेत्रमा योजनाहरुलाई गुणस्तरीय बनाउनका लागि अभियान निरन्तर रहेकोे छ। योजनाको लागत अनुसार काम भएको भए मात्र रकम भुक्तानीका लागि फाइल प्रक्रिया अनुसार अगाडि बढाइने भएको योजना शाखा प्रमुख कबिन्द्र राज पाण्डेले बताएका छन।

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ ८, २०८१ १७:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट