October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

१४ हजार नगद खाद्यान्न लत्ताकपडा सहित आगलागी पीडितलाई राहत

  • सेती कर्णाली खबर
  • सोमवार, बैशाख ३१, २०८१ १५:३९
१४ हजार नगद खाद्यान्न लत्ताकपडा सहित आगलागी पीडितलाई राहत

सेतीकर्णाली खबर,बाजुरा- धुलाचौर बजार व्यवसायीले आगलागी घरको परिवारलाई १४ हजार नगदसहित खाद्यान्न र लत्ताकपडा राहत दिएको छ।

आज दिउँसो दिनमा भएको हिमाली गाउँपालिका वडा नम्बर ६ स्थित धुलाचौर विद्युतको तार सट भएर एक घर आगलागी पुर्ण रूपमा नष्ट भएको हुँदा बजार बासी दुखित छौँ। क्षती ठुलो भएपनि बजार व्यवसायी आफ्नो हिसाबले वा व्यक्तिगत तरिकाले भएपनि सानो राहत आगलागी पीडित परिवारलाई दिएको बजार व्यवसायी बिरु सुनारले बताएका छन।

आगलागी केही बचाउन सकिएन। घर पुर्ण रूपमा क्षती जति भएको त्यति दिन सक्ने अवस्था छैन। सानोतिनो सहयोग दुख परेको बेला मलम लगाउने उद्देश्यले बजारबाट चन्दा संकलन गरेर १४ हजार ३ सय ८० रुपैयाँ नगद सबै बजार व्यवसायीहरुले सहयोग गर्नुभएको छ। चामल २ कट्टा ५ के.जी. दाल थाली, गेलन, आलु, नुन लत्ताकपडा सहित पीडित परिवारलाई हस्तान्तरण गरेको धुलाचौर बजार व्यवसायी हस्त मल्लले बताएका छन।

पीडित दुखित हुनुपर्ने अवस्था छैन। तपाईंको साथमा हामी छौ। स्थानीय सरकार लगायत सबै निकायले मलम लगाउने काम गर्छन्। हामी पनि सहयोग गर्ने कामबाट पछाडि नहट्ने र यस्ता घटना नदोहोर्‍याउन समेत सबै बजार बासीलाई आग्रह समेत गरेको छ। विद्युत राम्रो संग घरमा जडान गर्दा सिस्टमे गर्नु अवस्था देखिन्छ। यसले पछि हामीलाई समस्या निम्त्याउन नसक्ने हुनसक्छ।

राहत हस्तान्तरण हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल धुलाचौर बजार व्यवस्थापन समिति अध्यक्ष हस्त मल्ल प्रहरी चौकी इन्चार्ज धुर्वराज न्यौपाने लगायत बजार व्यवसायी ठुलो संख्यामा सहभागिता भइ आगलागी पीडित घरपरिवार लाई सानोतिनो सक्दो प्रयास अनुसार राहत उपलब्ध गराएर हस्तान्तरण गरिएको बजार व्यवसायी बिरु सुनारले जनाएको छ।

  • सेती कर्णाली खबर
  • सोमवार, बैशाख ३१, २०८१ १५:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट