October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

शुक्रबार कार्यक्रम प्रभावकारी गर्न बिधालयमा सदन बिभाजन

  • सेती कर्णाली खबर
  • आइतवार, बैशाख ३०, २०८१ १६:४२
शुक्रबार कार्यक्रम प्रभावकारी गर्न बिधालयमा सदन बिभाजन

सेतीकर्णाली खबर/बाजुरा- बिधालय स्तरीय शुक्रबार कार्यक्रम प्रभावकारी गर्नका लागि सदन बिभाजन गरिएको छ।

हिमाली गाउँपालिका वडा नम्बर ६ धीम गाउँ स्थित रहेको बडिमालिका माध्यमिक बिधालय आज एक कार्यक्रम बीच सदन बिभाजन समेत गरेका छन। बिधालयमा शुक्रबार दिनमा गरिने आन्तरिक क्रियाकलाप लाई विशेष मध्यनजर राख्दै विद्यार्थीहरु लाई ४ सदन बनाएर अलग सदन विभाजनको रूपमा बनाएको छ। बिधालय खेलकुद क्षेत्रमा गरिने क्रियाकलाप विगतको समय भन्दा यश वर्ष खेल क्षेत्रमा पनि गुणस्तर बनाउनका लागि सदस्य बाड्नुका साथै स्कुल नेता चरण रावत चयन गरेका छन।

बिधालय विद्यार्थीहरु लाई चार सदन बिभाजन गरिएको छ। सगरमाथा सदन, धौलागिरी सदन, अन्नपूर्ण सदन र कंचनजंगा सदन गरि स्कुलका विद्यार्थी विभिन्न भागमा बाडिएको छ। सदन नेता पनि चुनिएका छन। जसले बिधालय हुने आन्तरिक क्रियाकलाप भलिबल, फुटबल, हाजिरी जफाप, कबडी, हिज्जे, दौड सहित बिधालय प्राङ्गण र कक्षा कोठा सफा राख्नका लागि यो कार्यक्रम शैक्षिकसत्र सुरु भएको महिनाबाट सञ्चालन गरिएको बिधालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाले जनाए।

अहिले खेलकुद र परिक्षा नतिजाले गर्दा धेरै अप्ठ्यारोमा परेको छौँ। जसलाई सुधार गर्न बिधालय प्रशासन र आफू विभिन्न हिसाबले बिधालय बालबालिका निगरानीमा रहेका छन। केही शिक्षा क्षेत्र र खेलकुद क्षेत्रमा अहिले जहाँ सम्म भएपनि सुरुवात गर्ने उद्देश्यले बिधालय विद्यार्थीहरुको सदन बिभाजन काम सम्पन्न गरिएको छ। अबका दिनमा खेलकुद हिसाबले पछाडि कहिले नहुनका लागि वार्षिक कार्यात्मक तरिकाले खेल सिकाइने भएको छ।

शिक्षा क्षेत्र लाई गुणस्तर बनाउन आफ्नो जिम्मेवारी तरिकाले लागेको छु। त्यतिकै भुमिका बिधालय शिक्षक र विद्यार्थी गर्नसके केही फेरबदल गर्न सकिने भएको छ। गाउँपालिका शिक्षा र खेलकुद ठाउँमा जतिको लगानी गरेको छ। त्यतिको परिणामस्वरूप हुन सकेको छैन। त्यसका लागि बिधालय परिवारले आफै बिधालय सुधार पक्षमा लागिएको छ। त्यसका निम्ति बिधालय ४ सदन बिभाजन गरिएको अध्यक्ष रोकायाले बताएका छन।

  • सेती कर्णाली खबर
  • आइतवार, बैशाख ३०, २०८१ १६:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट