October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

चंखेली गाउँपालिका बासिन्दा संचार बाट बिहिन

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख २६, २०८१ १८:५८
चंखेली गाउँपालिका बासिन्दा  संचार बाट बिहिन

उमेश जङ्ग शाही

२६बैसाख हुम्ला/ चंखेलीमा बेलामा समस्या आईरहने टेलिफोन टावरमा फेरी समस्या आएको छ । हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङ मै टेलीफोन टावर नहुँदा स्थानिय बासी हैरानि परेका छ्न । करिब एक दसक पहिला बनेको टावरमा बेला बेलामा समस्या आईरहेको गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीले बताउनुभयाे  ।

वडा नं ५ को नेक्प बाहेकका अरु सबै वडालाई सेवा दिईरहेको टेलिफोन टावर 2G मात्रै हो । हल्का पानी पर्दा बादल लागिरहेको बेला पनि टावर नआउने समस्या रहेको स्थानिय जीवन बुढाले बताउनुभयो ।टेलिफोन टावरले सरकारी तथा अन्य कामहरु समेत प्रभावित बनेका छ्न । पालिका भरिका आफन्त तथा जिल्ला बाहिर रहेका नागरिक संग टेलिफोन हुन नसकेको उहाँको भनाई छ ।

शिह दरबार गाउँगाउँमा नारामा भनिएता पनि नागरिकका ईच्छा अनि चाहाना अधुरा छ्न । नेपाल टेलीकमले नेपालको अधिकांस सबै ठाउँमा आफ्नो सेवा बिस्तार भएको भनेता पनि नेपालका धेरै ठाउँमा सेवा बिस्तार अझै हुन नसकेको स्थानीय बासिको गुनासो छ ।

हुम्लाका अधिकांस बस्तिमा अझै पनि सेवा बिस्तार हुनसकेकाे छैन । हिउँदको महिनामा हिउँ पर्छ ।बर्सादमा पानी पर्छ अनि हावा हुरि सगै टावरले काम गर्दैन । हुम्ला जिल्लाको चंखेली सर्केगाडका गाउँपालिकामा टावर गडबड भैरहन्छ । नागरिकले २/३ दिन भयो टावर नहुँदा अन्धकार जस्तो महसुस गरिरहेका बुढाको भनाई छ । वडा ४ का वडा अध्यक्ष पदम बहादुर शाहीका अनुसार अबको केही समय पछि फोर जि टावरको सामान ढुवानी भैसकेको र टावर निर्माण हुने जानकारी दिनुभयो

  • सेती कर्णाली खबर
  • -