October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्कुलमा खानेपानी समस्या समाधान

  • सेती कर्णाली खबर
  • मङ्लबार, बैशाख २५, २०८१ 0८:४७
स्कुलमा खानेपानी समस्या समाधान

सेतीकर्णाली खबर,बाजुरा- स्कुलमा खानेपानी समस्या समाधान भएको छ।

हिमाली गाउँपालिका वडा नम्बर ४ को पैती स्थिति शैलेश्वरी माध्यमिक बिधालयमा बाल मैत्रीपूर्ण धारा निर्माण भएपछि खानेपानी समस्या बाट मुक्त भएका छन। बिधालय विद्यार्थीहरु संख्या बढ्दो अवस्था हुँदा स्कुलमा खानेपानी समस्या भएको हो। आइ.डि.एस. नेपाल आर्थिक सहयोगमा बिधालयमा खानेपानीका लागि बाल मैत्रीपूर्ण धारा निर्माणकार्य सम्पन्न गरिएको बिधालय प्रधानाध्यापक गोपानन्द पाण्डेले बताएका छन।

वर्षौंदेखि बिधालय खानेपानी समस्यामा विद्यार्थी मर्कामा परेका थिए। अहिले स्कुल धारा निर्माण काम सम्पन्न भएपछि बिधालय खानेपानी समस्या बाट मुक्त अवस्था रहेका छन। अहिले बिद्यार्थी लाई विगत जस्तो समय भोग्नुपर्ने अवस्था नरहेको बिधालय परिवारले बताए। पहिला खानेपानी समस्या हुँदा बिधालय विद्यार्थीहरु लाई खानेपानी जटिल समस्यामा परेका हुन। आजभोलि बिधालय बाल मैत्रीपूर्ण धारा निर्माणकार्य सम्पन्न संगै सञ्चालनमा ल्याएको छ।

बिधालय बाल मैत्रीपूर्ण धारा सञ्चालनमा आएपछि विद्यार्थी र शिक्षक कर्मचारी खुशी भएका छन। जसले गर्दा अहिले पहिलेको जस्तो जुन समस्या उत्पन्न भएको थियोे त्यो विगतको खालको विद्यार्थी खानेपानी झन्झट हटेको छ। बिधालय स्कुलमा खुलेको समय खानेपानी कुनै पनि अप्ठ्यारो नहुने भएको छ।

विद्यार्थीहरु बिधालय खानेपानी प्रशस्त मात्रमा पुगेपछि अहिले कुनै समस्या नभएको छ। बिधालय कक्षा १ देखि १२ सम्म पढाई सञ्चालन भएको हुँदा बिधालय विद्यार्थी चाप धेरै भएको कारणले खानेपानी समस्या आएको हो। अहिले बिधालय बाल मैत्रीपूर्ण धारा निर्माण भइ सञ्चालनमा आएपछि विद्यार्थीहरु लाई खानेपानी समस्या बाट मुक्त अवस्था भएको प्रधानाध्यापक पाण्डेले जनाएको छ।

बाल मैत्रीपूर्ण धारा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले रिबन काटेर उद्घाटन गरेर सञ्चालन गरिएको हो। उक्त धाराको वडाका वडा अध्यक्ष लगायत विभिन्न संघ सस्था प्रतिनिधि सहभागीको स्थलगत अनुगमन गरेका छन। अहिले धारा सञ्चालन गरे देखि बिधालय विद्यार्थीहरुले खानेपानी समस्या बाट मुक्त भएको आई.डि.एस. नेपाल हिमाली गाउँपालिका सुपरभाइजर भिमप्रसास पाण्डेले जनाएको छ।

  • सेती कर्णाली खबर
  • -