October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

भेडा राख्ने त्रिपाल आगलागी हुँदा लाखौं क्षति

  • सेती कर्णाली खबर
  • सोमवार, चैत्र २६, २०८० ११:१६
भेडा राख्ने त्रिपाल आगलागी हुँदा लाखौं क्षति

सेतीकर्णाली खबर,बाजुरा- भेडा राख्ने ठाउँमा आगलागी हुँदा लाखौं क्षति भएको छ।

हिमाली गाउँपालिका वडा नम्बर ३ बौडी भेडा राख्ने गरेको ठाउँमा आगलागी हुँदा लाखौं क्षति भएको छ। आइतबार दिउँसो भेडा राखेको ठाउँमा आगलागी भएको हुँदा त्यहाँ राखिएको चामल, पिठो, बलान्केट सहित भित्र राखिएका सबै समान जलेर नष्ट भएको छ।

त्रिपाल मुनी बसेर भेडा पालन गर्दै आइरहेका सौर बहादुर रोकाया र सुरेन्द्र रोकाया भेडा बाख्रा संगै एकै ठाउँमा राखिएको वडा अध्यक्ष मंगल बुढाले बताएका छन। दुबै जना संयुक्त रूपमा ओढ्ने ओछ्यान र खानका लागि राखिएका सामाग्री सहित जलेर नष्ट भएको छ।

१ लाख ७५ हजार धनमाल र १ लाख नखत सहित जम्मा क्षति २ लाख ७५ हजार बराबर अनुसार आगलागी भएर जलेर खरानी भएको छ। बस्ने त्रिपाल सहित पुर्ण रुपमा जलेर नष्ट भइ क्षति भएको छ। बिछ्या प्रहरी चौकी सहित स्थलगत पुगेर मुजुल्का बनाएको अध्यक्ष बुढाले जनाए।

  • सेती कर्णाली खबर
  • -