October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बिधालयमा शैक्षिक सत्र सुरु हुनुभन्दा अघि पाठ्यपुस्तक

  • सेती कर्णाली खबर
  • आइतवार, चैत्र २५, २०८० ११:२४
बिधालयमा शैक्षिक सत्र सुरु हुनुभन्दा अघि पाठ्यपुस्तक

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका बिधालयमा शैक्षिक सत्र सुरु हुनुभन्दा अघि पहिलोपटक पाठ्यपुस्तक पुगेको छ।

चालू आर्थिक वर्षको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुनेमा सो अगावै पाठ्यपुस्तक हिमाली गाउँपालिका बिधालय आइपुगेका छन। पहिलोपटक हिमाली गाउँपालिकामा शैक्षिक सत्र सुरु हुनुभन्दा पहिला पाठ्यपुस्तक उपलब्ध भएको छ। पाठ्यपुस्तक पालिकाका सम्बन्धित विद्यालयमा वितरण गरिएको छ।

गाउँपालिका कार्यालयले पाठ्यपुस्तक शैक्षिक सत्रअगावै उपलब्ध गराएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रगुनाथ अबस्थीले बताए। ‘चैत १५ गते नै कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक स्थानीय तहका विभिन्न विद्यालयमा पठाउने काम भइरहेको छ।

समयमै पाठ्यपुस्तक पुगेपछि पठनपाठनका लागि सहज हुने भएको गाउँपालिका शिक्षा शाखा प्रमुख अबस्थीले बताए। पाठ्यपुस्तकको अभावमा पठनपाठन अब प्रभावित नहुने भएको छ। गाउँपालिकाका सम्पूर्ण विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्‍याएको छ।

कक्षा १ देखि १० सम्म सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आइरहेको छ। चालू आर्थिक वर्षको शैक्षिक सत्रभन्दा पहिलाका शैक्षिक सत्रमा भने सुरु भएको लामो समयसम्म पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थीहरूले सास्ती खेप्नुपर्ने अवस्था थियो। अहिले हिमाली गाउँपालिका २२ वटा बिधालय कक्षा १ देखि १० सम्मका २ हजार ६ सय भन्दा बढी विद्यार्थीहरुको संख्या रहेकोे गाउँपालिकाले जनाएको छ।

  • सेती कर्णाली खबर
  • -