October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्थानीय कृषि उपजमा आधारित बिधालय दिवा खाजा कार्यक्रम पालिका स्तरीय सम्पन्न

  • सेती कर्णाली खबर
  • शुक्रबार, चैत्र २३, २०८० 0९:0६
स्थानीय कृषि उपजमा आधारित बिधालय दिवा खाजा कार्यक्रम पालिका स्तरीय सम्पन्न

सेतीकर्णाली खबर/बाजुरा- स्थानीय कृषि उपजमा आधारित बिधालय दिवा खाजा कार्यक्रम अन्तर्गत पालिका स्तरीय समन्वयात्मक बैठक सम्पन्न गरिएको छ।

यसको मुख्य उद्देश्य भन्नाले स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रम गरिएको छ। बालबालिकाहरुको भोक न्यूनीकरण, पोषण तथा स्वास्थ स्थ्मा सुधार गरि शैक्षिक स्तरमा अविवृद्धि गराउन निम्ति यो कार्यक्रम गरिएको छ। स्थानीय उत्पादन आधारित मात्रा दिवा खाजा खुवाउने गराउन भनेका छन।

हिमाली गाउँपालिका २२ वटा बिधालय दिवा खाजा कार्यक्रम संचालित गरेको छ। गाउँपालिकामा तरकारी आपूर्तिकर्ताको रूपमा १ सहकारी १५ वटा कृषि फर्म मार्फत तरकारी आपूर्ति भैरहेको छ। पालिका भरी २ हजार ४ सय २० जना बिधालय बालबालिका दिवा खाजा खाने गरेका छन।

बिधालय दिवा खाजा कार्यक्रम अन्तर्गत प्रती दिनमा बिधालयमा लगभग ९८.८ के.जी. तरकारी आवश्यक रहेकोे छ। हिमाली गाउँपालिका विशेषगरी स्थानीय उत्पादन दाल विभित्र किसिमका दाल प्रकार खुवाउने गरियो भने बिधालय बालबालिका राम्रो हुने भएको छ। स्थानीय उत्पादन स्थानीयलाई आयआर्जन गर्ने खालको वातावरण सिर्जना गराउन हाम्रो उद्देश्य रहेकोे गिफट नेपालले बताए।

सोही कार्यक्रम हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्कीको रहनु भएको छ। सातै वडाका वडा अध्यक्षहरु बिधालय प्रधानाध्यापक, बिधालय व्यवस्थापन समिति अध्यक्ष पालिका शाखा अन्तर्गत कर्मचारी सहित विभिन्न निकायाका संस्था प्रतिनिधि सहितको सहभागिता कार्यक्रम गरिएको गिफ्ट नेपालले जनाएको छ।

गिफ्ट नेपाल बाजुरा आयोजना र हिमाली गाउँपालिका समन्वयमा स्थानीय कृषि उपजमा आधारित बिधालय दिवा खाजा कार्यक्रम अन्तर्गत पालिका स्तरीय समन्वयात्मक बैठक सम्पन्न गरिएको छ।

  • सेती कर्णाली खबर
  • -