September 16, 2025 | मङ्लबार, भदौ ३१, २०८२

आई.एन.एफ. संस्थाले ३१ जना अपाङ्ग व्यक्तिलाई बालटिन वितरण

  • सेती कर्णाली खबर
  • मङ्लबार, चैत्र २०, २०८० 0९:५0
आई.एन.एफ. संस्थाले ३१ जना अपाङ्ग व्यक्तिलाई बालटिन वितरण

उमेश रोकाया,बाजुरा- आई.एन.एफ. नेपाल संस्था शाखा बाजुराले ३१ जना अपाङ्ग व्यक्तिलाई बालटिन वितरण।

हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँमा रहेका अपांग परिचयपत्र पाएका ३१ जना व्यक्तिलाई आई.एन.एफ. नेपाल शाखा बाजुराले बालटिन वितरण गरिएको छ। एक अनौपचारिक कार्यक्रम गरेर अपाङ्गहरु लाई वडा अध्यक्ष प्रेमलाल भण्डारी, वडा सदस्य लगायत वडाका जनप्रतिनिधि हातबाट प्रत्येक १ जनालाई १ वटा बाल्टिन वितरण गरेको आई.एन.एफ. नेपाल संस्था शाखा बाजुराका गणेश खटिकले बताएका छन।

आफ्नो संस्थामा सानो रकम भएको हुँदा पहिलो वर्ष अपांग मैत्री बाटो निर्माणकार्य गरिएको थियोे। भने यश वर्ष सानोतिनो सहयोग भएपनि अपांगलाई पानी धारा घरको दैलो भन्दा टाढा हुँदा समस्या भएको कारणले बाल्टिन पानी ल्याएर सरसफाइ गरेर स्वच्छ र सफा रहनका लागी बाल्टिन वितरण गरिएको छ।

अपांग भएका दाजुभाइ दिदिबहिनीहरु लाई समाजमा हौसला प्रदान गर्नका साथै उच्च मनोबल राख्नका निम्ति हाम्रो संस्थाले सरसफाइ बनाउनका लागि बाल्टिन वितरण गरेको छ। प्रत्येक महिना अपांग सम्बन्धि हक अधिकार र पाउने सेवा सुबिधा सम्बन्धि विभिन्न वडामा कार्यक्रम गर्ने गरेका खटिकले बताएका छन।

आई.एन.एफ. नेपाल शाखा अपांग भएका व्यक्तिलाई बाटो देखाएको छ। यसले हामीलाई गाउँका केही अपांगहरुलाई सहयोग पाएका छौँ। अहिले जुन बाल्टिन पाएका छौँ। जसले गर्दा फोहोर मैला हुन दिनका साथै सरसफाइ राख्नाका लागी दिएको छ। जसको भुमिका अनुसार सकारात्मक राम्रो लागेको हिमाली गाउँपालिका वडा नम्बर ६ का अपांग समिति अध्यक्ष मन बहादुर रोकायाले बताएका छन।

  • सेती कर्णाली खबर
  • -