October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराको धुलाचौर बजार अनुगमन संगै म्याद नाघेको समान जलाएर नष्ट

  • सेती कर्णाली खबर
  • मङ्लबार, फाल्गुन २२, २०८० १३:0९
बाजुराको धुलाचौर बजार अनुगमन संगै म्याद नाघेको समान जलाएर नष्ट

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौर बजार अनुगमन संगै म्याद नाघेको समान जलाएर नष्ट गरिएको छ।

हिमाली गाउँपालिका केन्द्र धुलाचौर रहेको बजारमा अवैध मदिरा लगायत समान अनुगमन कार्य तिव्र रूपमा गरिएको छ। धुलाचौर बजारमा अनुगमन गर्दा म्याद नाघेको तथा अवैध रूपमा बेच्ने राखिएको समान बरामद गरिएको छ। म्याद गुज्रिएको सुजी १४ पाकेट एक ५० रुपैयाँ मुल्य अनुसार रु. ७ सय रुपैयाँ भुजा ३ पाकेट ६० रुपियाँ सुपुरपावर सुर्ती २ सय ५० रुपैयाँ गरि जम्मा १ हजार १० रुपैयाँ जतिको म्याद गुज्रिएको समान जलाएर नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय कर्मचारी नैन कुमार रावलले बताएका छन।

धुलाचौर बजारमा अवैध मदिरा लगायत समान अनुगमन तथा आवश्यक सुझाव सल्लाह तथा निर्देशन समेत दिएको छ। बजारमा रहेका मदिरा तथा होलसेल समान तथा खुद्रा समानको प्रत्येक पसलमा अनुगमन गरिएको छ। बजारमा पसल दर्ता नगरिएको लाई एक हप्ता भित्र सूचना जारी गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय बाजुरा, कोष तथा लेखा नियन्त्रण बाजुरा, घरेलु तथा सानो उद्योग कार्यालय बाजुरा र हिमाली गाउँपालिका कार्यालय संयुक्त रूपमा हिमाली गाउँपालिका केन्द्र बिन्दु रहेको धुलाचौर बजार अनुगमन गरिएको छ।

धुलाचौर बजार अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी राज कुमार तिमिल्सिना, घरेलु तथा सानो उद्योग कार्यालय प्रमुख मान बहादुर चाड, कृषि विकास बैंक प्रबन्धक सिद्ध राम भट्ट, हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमकला मल्ल र धुलाचौर प्रहरी इन्चार्ज धुर्वराज न्यौपाने लगायत पालिकाका कर्मचारी सहित उपस्थितिमा धुलाचौर बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय कर्मचारी नैन कुमार रावलले जनाएको छ।

  • सेती कर्णाली खबर
  • -