October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीका ९ सय ८५ जना बालबालिकाले रुबेला खोप पाए

  • सेती कर्णाली खबर
  • सोमवार, फाल्गुन २१, २०८० 0४:४८
हिमालीका ९ सय ८५ जना बालबालिकाले रुबेला खोप पाए

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा ९ सय ८५ जना बालबालिकाहरुले रुबेला खोप लगाएका छन।

९ महिना देखि ५ वर्ष मुनिका बालबालिका खोप लगाएको छन। बिच्छ्याँ स्वास्थ्य चौकी ६१ जना बाँम खोप केन्द्रमा ३७ जना कोट आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ५० जना नातीखोला खोप केन्द्रमा २९ जना रुम्दी खोप केन्द्रमा ४० जना युना आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ४५ जना बौडी खोप केन्द्रमा ३३ जना गुम्बा खोप केन्द्रमा ११ जना फैती आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ५७ जना बोर्ता आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ५३ जना खोप लगाएका छन।

यस्तै गरि रुगिन स्वास्थ्य चौकीमा ४१ जना क्यूडी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ५५ जना बच्छयाँ खोप केन्द्रमा ४० जना कुवाडी खोप केन्द्रमा ७९ जना धुलाचौर आ.स्वा. सेवा केन्द्रमा १ सय ३२ जना धिम आधारभूत स्वास्थ्य सेवा केन्द्रमा १ सय २४ जना पाँडी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ४६ जमा बाँघु आ.स्वा. सेवा केन्द्रमा ५१ जना सहित १८ खोप केन्द्रमा ९ सय ८५ जना बालबालिकाहरुले रुबेला खोप लगाएका छन।

लक्षित बालबालिकाको संख्या जम्मा १ हजार ३१ जना भएपनि ९ सय ८५ जना बालबालिकाहरुले रुबेला खोप लगाएका छन। पालिका भरी ७ वडामा १८ खोप केन्द्रमा रुबेला खोप अभियान ३ दिन निरन्तर खोप लगाउने गरेको थियोे। खोप अभियान फागुन १३ गते देखि १५ गतेसम्म सञ्चालन गरिएको छ। गाउँपालिकाले ३६ जना स्वयंसेवक १८ जना स्वास्थ्यकर्मी खटिएका हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेम कला मल्लले बताएका छन।

  • सेती कर्णाली खबर
  • -