October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

गौमुलका सबै वडामा फोर जी सेवा सञ्चालमा

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन १८, २०८० २२:४७
गौमुलका सबै वडामा फोर जी सेवा सञ्चालमा

१८फागुन बाजुरा
गौमुल गाउँपालिकाका  सबैवडाहरुमा फोर जी सेवा सञ्चालनमा आएको छ । गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाको अथक प्रयासपछि गाउँपालिकाका विकट वडाहरुमा फोर जी सेवा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । लामो प्रयासपछि गाउँपालिकाको केन्द्र घट्मुना र विकट वडाहरुमा पूर्ण रुपमा सेवा सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाको भनाइ छ ।

स्थानीय सरकार स्थापना भएदेखिको प्रयासले बल्ल सार्थकता पाएको उपाध्यक्ष सीता थापाले बताएकि छन् । अन्य विकासका क्रमहरु सुरु भएको भएपनि गाउँपालिकाका केही विकट वडा र वस्तिहरुमा टेलिफोनको नेटवर्क नआउने समस्याले गर्दा यहाँका नागरिक समस्यामा परेका थिए । फोर जि सेवा सूचारु भएस‌गै अब फोनको टावर खोज्दै डाँडाकाँडा धाउनु पर्ने स्थानीयको बाध्यता हटेको उपाध्यक्ष थापाको भनाइ छ ।

लामो समयपछि गाउँपालिकामा फोर जी सेवा सञ्चालनमा आएको नेपाल दुरसञ्चार कार्यालय बाजुराका प्रमुख लोक बहादुर खड्काले बताए । गौमुल गाउँपालिकाका १, २ र ३ नम्बर वडाको लागि वडा नम्बर ६ को माथिल्लो बसाला र ४, ५ र ६ नम्बर वडाका लागि रेडियो गौमुलको रिपिटर टावर रहेको सटेडामा फोर जी सेवाका लागि टावर राखिएकाे छ ।

पहिला नेट चलाउनकै लागि इन्टरनेट भएको स्थानमा पुग्नुपर्ने बाध्यता हटेको भन्दै सेवाग्राही हर्षित भएका छन् । गाउँगाउँमा फोर जी सेवा सञ्चालन भएसँगै अग्लो डाँडा चढ्नुपर्ने, टाढाटाढा हिँडेर जानुपर्ने बाध्यता हटेको स्थानीयले बताएका छन् ।

विगतका दिनमा मोबाइलमा नेटवर्क खोज्न हिँड्नुपर्ने भएपनि अब गाउँपालिकामा फोर जी सेवा सुरु भएपछि स्थानीयबासी दङ्ग परेका छन् । गाउँमै फोर जी सेवा सुरु भएको छ, इन्टरनेट सेवा नहुदा यहाँका नागरिकलाई निकै सकस भएको थियो । गाउँपालिकाका विकट वडामा फोर जी सेवा सञ्चालनमा आएपनि टु जी सेवालाई थप विस्तार गरी सहज टेलिफोन सेवा सुचारु गर्न सरकारसंग स्थानीयले माग समेत रहेको छ।

  • सेती कर्णाली खबर
  • -