October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिक र जगन्नाथका विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम

  • सेती कर्णाली खबर
  • शनिबार, फाल्गुन ५, २०८० २१:0५
स्वामिकार्तिक र जगन्नाथका विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम

उमेश रोकाया,बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर वडा नं १ को कार्यलयमा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम गरिएको छ।

विद्यालयमा स्वास्थ्य परीक्षण गर्दा सम्बन्धीत वडाको स्वास्थ्यबाट स्वास्थ्यकको खटाउन सुन्ने यस सबै विद्यालयले आफ्नो आफ्न विद्यार्थीको चेकजाँच गर्ने भनिएको छ। वडा नम्बर १ भित्रका विद्यालयहरूमा बालमैत्र धारा निर्माण गर्दा अबसम्रदान गर्ने विद्यालयको लेटर प्याडमा भए औषधि माग गर्ने कुरामा छलफल गरिएको छ। प्रत्यक विद्यालयमा स्वास्थ्य तथा पोषण कार्यक्रमको रेकर्ड राख्ने र यस वडा भित्र रहेका सम्पूर्ण विद्यालयमा बडा कार्याचल वाट नियमीत जनप्रतिनिधिले अनुगमन गर्ने निर्णय समेत गरिएको छ।

स्वामिकार्तिक खापर गाउँपालिकाको वडा नम्बर १ मा विश्व खाद्य कार्यक्रम संगको सहकार्यमा आइ.डि.एस. नेपालको प्राविधिक सहयोगमा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत वडामा रहेका विद्यालयका प्रधानाध्यापक, विद्यालय स्वास्थ्य तथा पोषण फोकल शिक्षक, बिधालय व्यवस्थापन समिति अध्यक्ष र वडाका जनप्रतिनिधि हरुसंग विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम बारेमा छलफल गरिएको आइ.डि.एस. नेपाल हिमाली गाउँपालिका सुपरभाइजर भिम प्रसाद पाण्डेले बताएका छन ।

विश्व खाद्य कार्यक्रम संगको सहकार्यमा एकिकृत
विकास समाज नेपालको सहजीकरणमा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको आयोजनामा यस वडा को वडा अध्यक्ष श्री अजय कुमार बि.कको अध्यक्षतमा बैठक बसी वडा भित्र रहेका विद्यालयम स्वास्थ्य तथा पोषण कार्यक्रम गरिएको छ। अतिथि आइ.डि.एस. नेपाल जिल्ला संयोजक प्रेम प्रसाद खनाल, भगवती आवि. वि.व्यास अध्यक्ष जगत बुढा, विद्यालय आइ.डि.एस. नेपाल सुपरभाईजर मंगल बुढा लगायत सहभागी रहेकोे छ।

त्यसै गरि जगन्नाथ गाउँपालिका वडा नम्बर ३ को कैलाश माध्यमिक बिधालयमा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम गरिएको छ। कैलाश माध्यमिक विद्यालयमा विश्व खाद्य कार्यक्रम संगको सहकार्यमा एकीकृत विकास समाज नेपालको सहजीकरणमा विद्यालय स्वास्थ तथा पोषण कार्यक्रमको आयोजना गरिएको छ। विद्यालयका नमवस्थापन समिति अध्यक्ष गोपाल बहादुर सिंहको अध्यक्षतामा बैकल बसिरहेका छ। उक्त बैठक वडा भित्र रहेका विद्यालयहरूमा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको भएको हो।

साथै विद्यालगमा र धारागा सरसफाई तथा स्वास्थ्य
सम्बन्धी जनचेतना मूलक कार्यक्रम गर्ने कोष खडा गरी प्रभावकारी बालमैत्री धारा निर्माण गर्ने र जेठ महिनाको पहिलो हप्तामा पोषण सप्ताह गर्ने भएको छ। सामुदायिक विद्यालयहरुले प्राथमिक उपचार बाकसमा रहेको औषधि सोध भर्ना गर्दा विद्यालयको लेटर प्याडमा लेखेर स्वास्थ्य शाखामा माग गरेको रेकर्ड विद्यालयमा राख्ने प्रतिबद्धता सहित निर्णय गरिएको छ। यस वडा भित्र रहेका सामुदायिक विद्यालयहकते विद्यालय स्वास्थ्य तथा पोषण रजिष्टरमा रेकर्ड अनिवार्य राख्ने विषय छलफल गरिएको छ।

सोही कार्यक्रममा वडा अध्यक्ष श्री रमेश बहादुर शाही, प्रमुख प्रशासकिय अधिकृत रविन्द्रबहादुर शाही, आइ.डि.एस. नेपाल जिल्ला संयोजक प्रेम प्रबाद खनाल, शिक्षा शाखा प्रमुख जय बहादुर साउद, स्वास्थ्य शाखा प्रमुख फुलमाया उपाध्याय, कृषि अधिकृत श्री बखत बहादुर कार्की, सेतो गुरासका अधिकृत श्री देव खाती लगायत उपस्थिति रहेकोे थियोे।

  • सेती कर्णाली खबर
  • शनिबार, फाल्गुन ५, २०८० २१:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट