October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिक- २ फयाल गाउँमा समुदायमा काङ्ग्रेस अभियान कार्यक्रम

  • सेती कर्णाली खबर
  • मङ्लबार, फाल्गुन १, २०८० 0५:५२
स्वामिकार्तिक- २ फयाल गाउँमा समुदायमा काङ्ग्रेस अभियान कार्यक्रम

धृष्ट न्यौपाने,बाजुरा- स्वामिकार्तिक खापर गाउँपालिकाको वडा नम्बर २ फयाल गाउँमा समुदायमा काङ्ग्रेस अभियान कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रमको अध्यक्षता नेपाली काङ्ग्रेस वडा नम्बर दुई वडा कार्यसमिती सभापति ऐन बहादुर बुढाको अध्यक्षता कार्यक्रम सञ्चालन गरिएको छ। सोही वडामा खटिएका प्रतिनिधि नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि कमल बुढाको प्रमुख आतिथ्यत्यमा रहनु भएको छ। समुदायमा रहेका समस्या सुझाव तथा गुनासाहरु संकलन गरि सम्बन्धित सरोकारवाला निकाय, जनप्रतिनिधि तथा राजनीतिक दलहरु संग छलफल गरि समस्या समाधान गर्न पहल गर्ने उद्देश्यले अभियान संचालन गरिएको प्रमुख अतिथि प्रतिनिधि कमल बुढाले बताउनुभयो।

उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले यस वडामा खानेपानी, शिक्षा, स्वास्थ्य, सिचाइ, बेरोजगारी समस्या बढी नै भएकोले यसको समाधानको लागि स्थानीय तह, प्रदेश र संघीय सरकारले समाधनको लागि पहल गरिदिनु पर्ने बताउनुभएकाे छ।कार्यक्रमा बोल्दै स्थानिय अगुवा मनिकेस बुढाले चुनावमा आस्वासन दिएर गएका नेताहरु चुनाव जितेर गएपछी पुन गाउँतिर फर्केर नहेरेको दुखेसो पोख्नु भएको थियो।

आज सम्पन्न भएको उक्त कार्यक्रममा नेकपा एमाले पाटि परित्याग गरि प्रष्ट भन्डारी र जीवन बुढाले बिना स्वार्थमा नेपाली काङ्ग्रेस पार्टिमा प्रबेस गर्नु भएको नेपाली काङ्ग्रेस वडा कार्यसमितिले जानकारी दिएको छ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, फाल्गुन १, २०८० 0५:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट