October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

१० शैयाँ अस्पताल र प्रशासनिक भवन निर्माण ढिलाइ, लिखित स्पष्टीकरण पेश गर्ने आग्रह

  • सेती कर्णाली खबर
  • बिहिबार, माघ २५, २०८० 0३:0२
१० शैयाँ अस्पताल र प्रशासनिक भवन निर्माण ढिलाइ, लिखित स्पष्टीकरण पेश गर्ने आग्रह

बाजुरा- स्वामीकार्तिक खापर गाउँपालिका १० शैयाँ अस्पताल र गाउँपालिका भवन प्रशासनिक निर्माण ढिलाइ हुँदा निर्माण व्यवसायीलाई लिखित स्पष्टीकरण पेश गर्ने सूचना समेत निकालेको छ।

प्रथम पटक सूचना प्रकाशन मिति २०८०/१०/२१
प्रस्तुत विषयमा निर्माण व्यवसायीले निम्न अनुसारको ठेकाको खरिद सम्झौतामा भए अनुसार
निर्दिष्ट समयमा कार्य सम्पन्न गर्नका लागि पटक पटक ताकेता गर्दा समेत गाउँपालिकाको निर्देशन र
आफ्नो जिम्मेवारीलाई व्यवास्ता गर्दै आउनुभएको र मिति २०८० साल ०९ महिना २२ गते बसेको
गाउँ कार्यपालिकाको बैठकले समेत ठेक्का सम्झौता रद्द गर्न र कालो सूचिमा राखे प्रकृया अगाडी बढाउन निर्देशन दिने भनि निर्णय समेत गरेको हुदा तपाईलाई सार्वजनिक खरिद नियमावली, २०६४ को नियन १२८ को २ को उपनियम १ बमोजिमको उपचार ऐनको दफा ५९ को व्यवस्था अनुसार र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ बमोजिम खरिद सम्झौता अन्न्य गर्ने गाउँपालिकाले जनाएको छ।

कालो सूचिमा सूचिकृतको लागि सिफारिस सहित लेखि पठाउने सम्मको कार्वाही किन नगर्ने कुनै औचित्यपूर्ण कारण तथा आधार भएमा कारण र आधार सहित यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र यस कार्यालयमा सम्पर्क राखी भौतिक रुपमा उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न हुन सूचित गरिन्छ। यदि भौतिक रूपमा उपस्थित नभई लिखित स्पष्टीकरण नदिएमा कालो सूचिको कार्बाही अगाडी बढाईने छ। गाउँपालिका १० शैयाँ अस्पताल र गाउँपालिका भवन निर्माण प्रशासनिक ठेक्का कबोल गर्ने निर्माण ठेका नं. व्यवसाहीको नाम बंगलामुखि / मेनका जे.भि. बर्दिया निमित्त प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर रोकायाले बताएका छ्न।

  • सेती कर्णाली खबर
  • -