October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सीप सिकौं र आत्मनिर्भर बनौं भन्ने अभियानमा हिमाली गाउँपालिका

  • सेती कर्णाली खबर
  • बिहिबार, माघ २५, २०८० 0२:५५
सीप सिकौं र आत्मनिर्भर बनौं भन्ने अभियानमा हिमाली गाउँपालिका

उमेश रोकाया,बाजुरा- सीप सिकौं र आत्मनिर्भर बनौं भन्ने अभियानमा रहेको हिमाली गाउँपालिकाले जनाएको छ।

“औद्योगिक लगानी र पुर्वाधार समृद्धिको बलियो आधार” भन्ने अभियानका साथ घरेलु तथा साना उद्योग कार्यालय मार्तडी बाजुरा र हिमाली गाउँपालिका संयुक्त आयोजनामा हिमाली गाउँपालिका वडा नम्बर ६ धुलाचौरमा पौष २४ गतेदेखि माघ २३ गतेसम्म एक महिने हेयर कट्टिङ र हाउस वाइरिङ तालिम सञ्चालन गरिएको छ।

१०/१० जना तालिम सहभागिता रहेका थिए। एक महिना तालिम पछि उनलाई प्रमाणपत्र र सिक्ने सामाग्री समेत हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले हस्तान्तरण गरेका छन। सीप लाई सहि सदुपयोग गरियो भने अनुभव संगै आम्दानी स्रोत राम्रो हुने समेत भएको हाउस वाइरिङ प्रशिक्षक राज बहादुर मलालले जनाएको छ।

हिमाली गाउँपालिका मुख्य उद्देश भनेको बेरोजगार युवाहरूलाई रोजगार सिर्जना वातावरण बनाउने पालिकाले वर्षको वर्ष विभिन्न तालिम सञ्चालन गर्दै आइरहेको छ। सिलाइ कटाई, फर्निचर, कुखुरा पालन, होटेल व्यवसाय, उद्योग सञ्चालन गर्ने तालिम, हेयर कट्टिङ र हाउस वाइरिङ तालिम सञ्चालन जस्ता कार्यक्रम निरन्तर गर्दै आइरहेको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छ्न। गाउँमा बसेर आफ्नो आय आर्जन हुने हिसाबले तालिम दिने गरेका छौँ। धेरै मान्छेहरू लाई तालिम दिएको भएपनि सदुपयोग गर्ने संख्या एकदमै न्यून अवस्था रहेकोे छ। जुन सीप सिकेको छ। त्यसलाई सहि ढंगले व्यवहारमा लैजाने हिसाबले काम गर्‍यो भने बिदेश होइन स्वदेश आफ्नो गाउँ घरमा रोजगार प्राप्त गर्न सकिन्छ। यहाँका स्थानीयले आफ्नो उद्योग सञ्चालन तथा रोजगारी बन्न सकियो भने हामी अरु लाई माग्ने भन्दा दिने बन्नुपर्छ अध्यक्ष मल्लको भनाइ रहेकोे छ।

एक महिना तालिम समापनमा कार्यक्रम हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल अध्यक्षता रहनु भएको छ। अतिथि घरेलु तथा साना उद्योग कार्यालय प्रशिक्षक संयोजक पदम बहादुर ऐर तालिम प्रशिक्षक तथा तालीम सहभागिता सहितको उपस्थितिमा हेयर कट्टिङ र हाउस वाइरिङ तालिम समापन गरिएको हाउस वाइरिङ तालिम प्रशिक्षक राज बहादुर मलालले बताएका छ्न।

  • सेती कर्णाली खबर
  • -