October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कोल्टीबाट एकजना गर्भवती महिला लाई हेलिकप्टरमार्फत उद्धार

  • सेती कर्णाली खबर
  • बुधबार, माघ १७, २०८० १५:१६
कोल्टीबाट एकजना गर्भवती महिला लाई हेलिकप्टरमार्फत उद्धार

बाजुरा — बाजुराकाे कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक जना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । बुधवार जगन्नाथ गाउँपालिका २ की ४५ बर्षिया राजु बिष्टको उद्धार गरिएको प्राथामिक स्वास्थ्य केन्द्र काेल्टिले जानकारी दिएकाे छ ।

बिष्टको रगतको मात्रै निकै कम भएकाले उच्च रक्तश्रावका कारण अप्रेशन जटिल देखिएकाले हेलिकप्टरबाट सुर्खेत पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

उनले गर्भावस्थामा एक पटक पनि चेकजाँच नगरेको, प्रेसर हाइ, खुट्टा सुनिएको र हेमोगोलोबिन पनि कम भएकाले यहां अप्रेशन सम्भव नहुने भएपछि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएर पछी प्रशासनको पत्रचार पछि उनलाई रेफर गरेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रञ्जितकुमार शाहले बताएका छन् ।

बिष्टलाई नेपाली सेनाको हेलिकपटरबाट रेफर गरिएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेले बताएका छन् । राष्ट्रपति हवाई उद्धार कार्यक्रम अन्तर्गत निःशुल्क उद्धार गरिएको उनले बताएहुन् ।

  • सेती कर्णाली खबर
  • -