October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीमा पहिरो प्रभावित घरका लागि आवास निर्माण सामाग्री वितरण

  • सेती कर्णाली खबर
  • बुधबार, माघ १७, २०८० १३:१४
हिमालीमा पहिरो प्रभावित घरका लागि आवास निर्माण सामाग्री वितरण

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका पहिरो प्रभावितका लागि घर आवास निर्माण सामाग्री वितरण गरिएको छ।

पहिरो प्रभावितका लागि घर आवास निर्माण सामाग्री वितरण कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर १ मा ३ वडा नम्बर २ मा १ वडा नम्बर ३ मा ८ जना सहित १२ घरपरिवार लाई आवास निर्माण सामाग्री वितरण गरिएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले पालिकामा पीडित परिवारलाई हस्तान्तरण गरेका वडा नम्बर ३ का वडा अध्यक्ष मंगल बुढाले बताएका छ्न।

हिमाली गाउँपालिका समन्वय र आइ.एन.एफ. नेपाल संस्थाको सहयोगमा गाउँपालिकामा बुधबार वितरण गरिएको छ। वडा अध्यक्ष मंगल बुढाको पहलमा गाउँमा भएका पहिरो पीडित परिवारलाई दुई कोठाको घरलाई पुग्ने हिसाबले जस्तापाता दिइएको छ। आफ्नो विशेष यसमा ठुलो भुमिका रहेकोे छ। अझ पनि जनताको हितका निम्ति सधै लागिपरेको वडा अध्यक्ष मंगल बुढाले बताएका छन।

असोज महिनामा आएको अविरल वर्षाले गर्दा क्षतिपूर्ती भएको घरहरू संकलन गरि विशेष घरलाई पहिलो प्राथमिकता दिएर जुन घरमा बढी क्षति भएको आधारको अनुसार लिस्ट पठाइसकेको पछि आज पीडित परिवारलाई जस्तापाता उपलब्ध गर्न सकिएको छ। त्यति मात्र नभएर पालिका भरिका जुनसुकै क्षति भएको घरपरिवार लाई पालिकाको आयोस्रोत अनुसार राहत स्वरूप सहयोग गर्ने गरेका हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो।

पहिरो प्रभावित घरका लागि आवास निर्माण सामाग्री वितरणमा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, वडा अध्यक्ष मंगल बुढा, आइ.एन.एफ. नेपाल संस्था प्रतिनिधि सहित पीडित परिवारको उपस्थितमा वितरण कार्यक्रम गरिएको छ। पहिरो प्रभावितका १३ घरलाई आवास निर्माण सामाग्री वितरण गरिएको हिमाली गाउँपालिकाले जनाएको छ।

  • सेती कर्णाली खबर
  • -