October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बुढिनन्दा नगरपालिक कोल्टी बजारमा खानेपानी समस्या

  • सेती कर्णाली खबर
  • बुधबार, माघ १७, २०८० 0४:२२
बुढिनन्दा नगरपालिक कोल्टी बजारमा खानेपानी समस्या

सेतिकर्णाली खबर/बाजुरा- जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर २ कोल्टी बजार खानेपानी समस्या भएको छ।

कोल्टी बजार वासीलाई खानेपानी मुख्य समस्या भएको हुँदा बजारमा पानीको अभाव रहेकोे छ। विगत लामो समय देखि भोग्दै गरेको समस्या रहेकोे छ। बजारमा पानीको अभावका कारणले बजार वासी खानेपानी बाट निकै अल्झनु परिरहेको स्थानीय बजार वासीले बताएका छ्न। प्रत्येक बजार वासीले पानीको पाइप लाइन लिएको भएपनि धारामा पानी नआउँदा खानेपानी टंकी धाउनुपर्ने बाध्यता रहेकोे छ।

बजारमा खानेपानी अभाव भएकै कारण बजारमा पिउने पानी समेत समस्या भएको छ। अझ पनि खानेपानी भएको जुन खालको समस्या छ। त्यसलाई समाधान गर्न सम्बन्धि निकायले ध्यानाकर्षण नभएको बजार वासीले गुनासो गरेको छ्न। घर-घरमा धारा जोडिएको भएपनि धारा सुख्खा अवस्था देखिन्छ। अझ भन्ने हो भने बजारका केही वासी खानेपानी लाइन विस्तार गरेको भएपनि ठाउँ-ठाउँमा पाइप लाइन खुल्ला जमीन माथी भएको समस्या थपिएको छ।

धारा मात्र पानी अभाव होइनकी खानेपानी मुख्य टंकीमा पानीको समस्या हुँदा बजारका स्थानीय टंकी भित्र गएर फोहोर खुट्टा समेत भित्र गएर पानीको लाइन जोड्ने गरेको छन। त्यति मात्र नभएर बजार केहि मान्छे टंकी लाइनमा लागेर बस्नुपर्ने निकै ठुलो बाध्यता रहेकोे छ। अहिले नुहाउने र कपडा धुने पानीको समस्या त्यतिकै भएपनि घरमा मुख्य पिउने पानीको जटिल समस्या भोग्नुपरेको कोल्टी बजार वासीले बताएका छन।

कहिले सम्म खानेपानी समस्या मुक्त हुने केहि निश्चित नरहेको बजार बासी भनाइ रहेकोे छ। पहिलो देखि अहिलेसम्म खानेपानी समस्या भोगिरहेका छौ। धारा पानी कहिलेकाही आउने गरेको हुँदा अहिलेसम्मकै बजारमा प्रमुख समस्या उत्पन्न भएको देखिन्छ। खानेपानी अझ राम्रोसँग पिउने पानी पाएका छैनन्। कहिले सम्म कोल्टी बजारमा खानेपानी समस्या यसको अन्त्य हुन्छ स्थानीय बजार वासीले बताएका छन।

  • सेती कर्णाली खबर
  • -