October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बुढिनन्दा-३ का सुकुम्बासी भुमिहिन तथा अव्यवस्थितलाई निस्सा वितरण

  • सेती कर्णाली खबर
  • मङ्लबार, माघ १६, २०८० १३:३0
बुढिनन्दा-३ का सुकुम्बासी भुमिहिन तथा अव्यवस्थितलाई निस्सा वितरण

उमेश रोकाया/बाजुरा- बुढिनन्दा नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयमा सुकुम्बासी भुमिहिन तथा अव्यवस्थित ६८ जनालाई निस्सा वितरण गरिएको छ।

नगरपालिका पहिलो वडामा अस्थायी निशा वितरण गरिएको छ। वडा भित्र रहेका बसोबास गरिरहेका वडा टोलमा जग्गा आफ्नो नभएको परिवारलाई एक अनौपचारिक कार्यालय बीच वडा कार्यालय बोलाएर वडा अध्यक्ष जङ्गवीर रोकायको हातबाट निस्सा वितरण गरेका छन। सबैभन्दा आफ्नो विशेष सहजीकरणमा यो काम अहिले सफल हुन सकेको वडा अध्यक्ष रोकायाले बताएका छन।

बाजुराका विभिन्न पालिकामा निशा वितरण गरेपनि मंगलवार दिनमा हाम्रो नगरपालिका पहिलो पटक सुकुम्बासी भुमिहिन तथा अव्यवस्थित ६८ जनालाई निस्सा वितरण गरिएको छ। आफू जनताको लागी जुनसुकै समयमा पनि जनताका सेवा पक्ष निरन्तर लागेको छु। जिल्ला भुमि आयोग र जनप्रतिनिधि तथा गाउँका मुख्य मान्छेलाई भेला गराइ निशा दिने काम भएको बताएको छ। भुमिहिन दलित भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको पहिचान र प्रमाणीकरणको आधारमा र मापदण्ड २०७८ को अनुसूची ६ बमोजिम अनुसार काम गरिएको छ।

निशा वितरण कार्यक्रममा बुढिनन्दा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जङ्गवीर रोकायाको अध्यक्षता कार्यक्रम सञ्चालन गरिएको छ। प्रमुख अतिथि कार्यपालिका सदस्य सोविता रोकाया, बिशिस्ट अतिथि जिल्ला भुमिहिन अध्यक्ष जनक रोकाया सहित वडाका जनप्रतिनिधि जिल्लाका भुमिहिन कर्मचारी लगायत स्थानीयहरुको उपस्तिथिमा कार्यक्रम सञ्चालन गरिएको छ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, माघ १६, २०८० १३:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?