October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाली गाउँपालिकामा १३ औं गाउँ सभा सुरु

  • सेती कर्णाली खबर
  • बिहिबार, माघ ४, २०८० १७:१४
हिमाली गाउँपालिकामा १३ औं गाउँ सभा सुरु

उमेश रोकाया/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाको १३ औं गाउँ सभा सुरु भएको छ।

आर्थिक वर्ष २०८०/०८१ को हिउँदे गाउँ सभा बिहीबार बाट सुरुवात गरेको छ। उक्त गाउँ सभा उद्घाटन हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले ब्यानर पढेर उद्घाटन गरेका छन। गाउँपालिकाले अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गरेका छन। “स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार, औद्योगिकरण, सुशासन र गरिबी निवारण समृद्ध हिमाली आधार” भन्ने नाराका साथ गाउँ सभा सुरु गरिएको हिमाली गाउँपालिकाले जनाएको छ।

गाउँपालिका कार्यालय शाखा अन्तरका स्वास्थ, कृषि, शिक्षा, रोजगार, पञ्जिकरण, पशु, प्राविधिक तथा आर्थिक शाखा अन्तरका अहिलेसम्म गरेका कामको प्रगति प्रतिबेदन प्रस्तुत गरेका छन। गाउँपालिकाको अर्धवार्षिक समिक्षा बारेमा पनि छलफल गरेका छन। भोलि हुने गाउँ सभामा प्रमुख एजेन्डा स्थलमा हुने यौनजन्य दुर्ववहार निवारण आचारसंहिता २०८० र आर्थिक संशोधन कार्य विधि प्रस्तुत गरिने भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छ्न।

स्वास्थ, शिक्षा, कृषि, भौतिक पुर्वाधार सम्बन्धि छलफल गरेका छन। वडा बाट पाउने सूचना तथा सेवा कतिको कामकाज भएको र गाउँपालिकाले स्थानीयहरु लाई दिने सेवा विषयमा जनप्रतिनिधि बिच गाउँ सभामा छलफल तथा बहस गरिएको छ। सबै पालिका भित्रका सरकारी कार्यालय काम प्रतिफल आउने गरि कर्मचारी लाई काम गर्न समेत आग्रह गरेका छन। गाउँपालिका समन्वय गरि गैरसरकारी संस्थाको काम वडा जनप्रतिनिधिहरुले नजिकैबाट हेरफेर गर्न पनि सबै वडाका जनप्रतिनिधिलाई आग्रह गरेको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

गाउँ सभा सहभागी हिमाली गाउँपालिका गाउँ सभा अध्यक्ष गोबिन्द बहादुर मल्ल, गाउँ सभा उपाध्यक्ष राजकला सार्की, गाउँपालिका सदस्य सचिव हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, गाउँ सभा सदस्य तथा कार्यपालिका सदस्य, गाउँपालिका कर्मचारी सहित पत्रकारको उपस्थितिमा गाउँ सभा सुरु गरिएको छ। गाउँ सभा भोलि सम्म निरन्तर गरिने भएको हुँदा हिमाली गाउँपालिका गाउँ सभाअध्यक्ष गोबिन्द बहादुर मल्लले गाउँ सभा समय अनुकुल राती भएको कारणले स्थगित गरेका छ्न। भोलि बिहान ८ बजेबाट गाउँ सभा पुनः गरिने संगै समापन गरिने भएको गाउँपालिकाले जनाएको छ।

  • सेती कर्णाली खबर
  • बिहिबार, माघ ४, २०८० १७:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट