October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेपालगंज मल्टिपल क्याम्पसका बिद्यार्थीलाई लागुऔषध दुर्व्यशन विरुद्ध सचेतना कार्यक्रम

  • सेती कर्णाली खबर
  • शुक्रबार, पुस १३, २०८० 0७:२४
नेपालगंज मल्टिपल क्याम्पसका  बिद्यार्थीलाई लागुऔषध दुर्व्यशन विरुद्ध सचेतना कार्यक्रम

जित जङ्ग कटेल/नेपालगन्ज- बाँकेको नेपालगंज मल्टिपल क्याम्पसका बिद्यार्थीहरूलाई लागुऔषध दुर्व्यशन विरुद्ध सचेतना र ट्राफिक सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।

लियो क्लब नेपालगञ्ज ईनोभेटिभ द्वारा आयोजना तथा लायन्स क्लब अफ नेपालगन्ज ईनोभेटिभको सहयोग र जिल्ला प्रहरी कार्यालय बाँके संगै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा नेपालगंज मल्टिपल क्याम्पसमा बिद्यार्थीहरूलाई लागुऔषध दुर्व्यशन विरुद्ध सचेतना र ट्राफिक सचेतना तथा अभिमुखीकरण कार्यक्रम भएको छ।

क्लबका कार्यवाहक अध्यक्ष लियो हिरामणी दाहालको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको छ। कार्यक्रममा क्लबका पुर्व अध्यक्ष एवम् लियो डिष्ट्रीक्ट काउन्सिल ३२५ एनका जिल्ला कोषाध्यक्ष लियो प्रकाश कुंवरले संचालन गर्नु भएको छ। कार्यक्रममा प्रमुख अथितिका नेपालगंज मल्टिपल क्याम्पसका क्याम्पस प्रमुख थानेश्वोर पान्डे बिशिस्ट अतिथि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक महेश्वरि बस्नेत, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके बरिस्ठ नायव निरीक्षक प्रबिण आचार्य, लियो क्लब अफ नेपालगन्ज ईनोभेटिभका पुर्व अध्यक्ष लियो वसन्त बस्नेत, लियो क्लब अफ नेपालगन्ज सनराईजका अध्यक्ष लियो सन्देश के.सी. तथा प्रतिनिधिहरु क्लबका पदाधिकारी एवम् सदस्यहरु लगायत नेपालगंज मल्टिपल क्याम्पसका विद्यार्थी तथा शिक्षकहरुको उत्साहजाक सहभागितामा कार्यक्रम सम्पन्न भएको छ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, पुस १३, २०८० 0७:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट