October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिकका नहकुल जोशीको ‘नाजवाफ’ उपन्यास प्रदेश प्रमुख द्वारा बिमोचन

  • सेती कर्णाली खबर
  • आइतवार, मंसिर २४, २०८० १५:२४
स्वामिकार्तिकका नहकुल जोशीको ‘नाजवाफ’ उपन्यास  प्रदेश प्रमुख द्वारा बिमोचन

बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउपालिकाका  पत्रकार तथा शिक्षक नहकुल जोशीद्धारा लिखित कृति ‘नाजवाफ’ उपन्यासको आज  विमोचन गरिएको छ ।
आइतबार प्रदेश प्रमुख देवराज जोशीले सो उपन्यासको विमोचन तथा लोकार्पण गरेका हुन् ।उनले मुख्य त उपन्यासको प्रमुख उद्देश्य खस भाषा, संस्कृति, विकास र समृद्धिका सपनाका लागि साझा प्रश्नको पेटारोसहितको आफनो कृति रहेको बताए ।पत्रकार जोशीले आफुले पत्रकारिता गर्दै जाँदा समाजमा देखेका भोगेका दुर्गम क्षेत्रका जनताका कथा व्यथालाई कृतिमार्फत उजागर गर्ने प्रयास स्वरुप उपन्यास बजारमा ल्याइएको बताए ।
उनले भने –‘हामीले राजनीतिक परिवर्तनका कुरा थुप्रै गरेका छौं । व्यवस्था फेरियो तर, अझै पनि जनताको अवस्थामा परिवर्तन आउन सकेन् ।’ उनले अहिले युवाहरु बेरोजगारीका कारण विदेश पलायन भइरहेको, गाउँहरु रित्तिदै गएको लगायतका कथा व्यथालाई उपन्यासमार्फत समेट्ने प्रयास भईरहेको बताए ।सो अवसरमा बोल्दै प्रदेश प्रमुख देवराज जोशीले कृति तथा उपन्यासले राजनीतिक, सामाजिक अवस्थालाई उजागर गर्ने गरेको बताए । उनले राजनीतिक र सामाजिक रुपान्तरणमा कृतिको महत्वपूर्ण योग्दान रहने गरेको बताउँदै –‘अझै दुर्गम क्षेत्रका मानिसले भोग्दै आएका पीडाहरुलाई लेखक, सञ्चारकर्मीहरुले उजागर गर्दा राज्य सञ्चालकहरुलाई योजना, कार्यक्रम बनाउन थप मद्दत पुग्छ ।’कार्यक्रममा आर्थिक मामिला मन्त्री नरेशकुमार शाही, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल, कैलाली जिल्ला अध्यक्ष हिमाल जोशी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश निवर्तमान अध्यक्ष अर्जुन शाही लगायतको सहभागिता रहेको थियो ।

  • सेती कर्णाली खबर
  • आइतवार, मंसिर २४, २०८० १५:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?