October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीमा लैङ्गक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम

  • सेती कर्णाली खबर
  • शुक्रबार, मंसिर २२, २०८० 0७:१५
हिमालीमा लैङ्गक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका लैङ्गक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सञ्चालन गरेका छन।

हिमाली गाउँपालिकाको आयोजना पालिकामा लैङ्गक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सञ्चालन गरेका छन। उक्त कार्यक्रममा हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्कीको अध्यक्षमा कार्यक्रम सञ्चालन गरिएको छ। प्रमुख अतिथि हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी रहनु भएको छ।

त्यस्तै हिमाली गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भिमानद पाण्डे, वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप थापा, वडा नम्बर ६ का वडा अध्यक्ष प्रेमलाल भण्डारी सहित गाउँपालिका कर्मचारी तथा बिधालय विद्यार्थीहरु सहित महिलाहरुको सहभागिता कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले बताएको छ।

भवानी माध्यमिक बिधालय छात्रा र शिक्षिका सहित धुलाचौर प्रहरी चौकी टोलिहरु धुलाचौर बजार लैङ्गक हिंसा विरुद्धको र्‍याली लगाएर मनाएका छन। गाउँपालिकामा विभिन्न निकायका टोलीसित सहभागिता गरेर कार्यक्रम गरेका छन। कार्यक्रममा गाउँपालिका अध्यक्ष गोबिन्द मल्लले गाउँमा बाल विवाह नियन्त्रण गरियो भने महिला हिंसा कम हुने अवस्था हुनसक्छ। सबैभन्दा महिला आफै सुरक्षित रहे भने अझ कम रहने अध्यक्ष मल्लले बताएको छ। गाउँपालिकाले लैङ्गकि हिंसा अन्त्य गर्ने पालिका भित्र रहेका नानीहरू लाई २० वर्ष पुगे विवाह गरे भने पुरस्कार व्यवस्था समेत मिलाएको छ।

  • सेती कर्णाली खबर
  • -